• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

प्राविधिक शिक्षामा शुन्य हुदै विद्यार्थी

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २४, २०८०
in Education, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका प्राविधिक शिक्षा प्रदान गर्नका लागि सम्बन्धन लिएका विद्यालयहरुले यतिवेला विद्यार्थी अभाव झेलेका छन । विद्यार्थी नपाएर प्राविधिक विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका छन । जेनतेन चलेका विद्यालयहरुमा पनि विद्यार्थीको संख्या घट्दो क्रममा रहेको छ । जिल्लाका कतिपय विद्यालयहरुले नयाँ शैक्षिक शत्रमा एकजना पनि विद्यार्थी भर्ना गर्न सकेका छैनन । केहि विद्यालयहरु यस अघिका वर्षहरुमा नै बन्द भईसकेका छन ।

कमलामाई नगरपालिका वडा नं. ५ को सिलामेमा रहेको कमला जनज्योति मावि जिल्लाको एक मात्र वन विज्ञान पढाई हुने विद्यालय हो । यो विद्यालयले चालु शैक्षिक शत्रमा एक जना पनि नयाँ विद्यार्थी पाउन सकेन । उक्त विद्यालयमा विद्यालय भर्ना हुन नसकेपछि विद्यालयको वन विज्ञानमा यो वर्षको पढाई बन्द भएको विद्यालयका प्रधानाध्यापक विष्णु फुयाँलले बताए ।

उनका अनुसार बग्रेल्ती प्राविधिक शिक्षा अध्यापनको अनुमति दिने र खर्चिलो पढाई भएका कारण पनि प्राविधिक शिक्षामा आकर्षण घट्दै गईरहेको छ । लगानी गरे अनुसार राज्यले रोजगारी दिन नसक्दा पनि धेरै विद्यार्थीको आकर्षण घट्दै गएको फुयाँलको अनुभव छ । फुयाँलका अनुसार सिटिईभिटीको सम्बन्धन प्राप्त विद्यालयले कम्तिमा १५ जना विद्यार्थी नभएमा खर्च धान्न सक्दैनन ।

यहि शैक्षिक सत्रमा मावि गडौलीमा रहेको जियोमेट्रिक इन्जियरिङमा पनि विद्यार्थी भर्ना शुन्य भयो । विद्यालयका सहप्रधानाध्यापक रमेश कार्कीका अनुसार यो वर्ष विद्यार्थी भर्ना हुनै आएनन । जसका कारण जियोमेट्रिक इन्जिनियरिङको पहिलो वर्षको पढाई नै बन्द भयो ।

कमलामाई नगरपालिका ६ मा सञ्चालित प्राविधिक प्रशिक्षण केन्द्र रातामाटामा पनि रेडियोग्राफीमा यो वर्ष विद्यार्थी नै भएनन । विगत दुई वर्षदेखि सरकारको नीतिका कारण सिएमए र अनमीको १८ महिने कोर्सको पढाई पनि बन्द भएको छ । प्रशिक्षण केन्द्रमा अहेव र नर्सिङ मात्र पढाई भईरहेको प्रिन्सिपल सुरेन्द्र विष्टले बताए । उनका अनुसार स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा जनशक्तिको अभाव हुँदा हुदै पनि पढ्ने विद्यार्थीको अभाव छ ।

कारण सिटिईभिटीको पढाई खर्चिलो छ । समयावधि लामो र शैक्षिक प्रक्रिया नै अव्यवस्थित छ । उनी भन्छन्, ‘प्राविधिक शिक्षा महंगो छ, शैक्षिक प्रक्रियामा ढिला सुस्ती छ, रोजगारीको ज्ञारेन्टी पनि छैन । जसका कारण प्राविधिक धारमा नगई दुई वर्षे प्लस टु गर्ने र विदेशीने लहर चलेको छ ।’

कमला मावि ढुंग्रेवास १२ कक्षामा देशकै उत्कृष्ट नतिजा ल्याउने विद्यालय हो । यो विद्यालयले २०७४ सालदेखि बाली विज्ञान पढाउँदै आएको थियो । यो विद्यालयमा पनि विद्यार्थीको अभाव भएको छ । यो वर्ष बाली विज्ञानमा ३ जना विद्यार्थी पढ्नका लागि भर्ना हुन आए ।
तिनपाटन १ बेलघारीमा रहेको चन्द्रावति माविमा १८ महिने सव ओभर सियर र ३ वर्षे ओभरसियर पढाई हुन्थ्यो । उक्त पढाई २०७७ देखि नै विद्यार्थीको अभावमा बन्द भयो । तिनपाटन २ भिमस्थानमा रहेको भवानी माविमा १८ महिने भेटेनरी जेटिए पढाई हुन्थ्यो त्यो पनि विद्यार्थी नपाएपछि तीन वर्षदेखि नै बन्द छ ।

हरिहरपुरगढीमा सञ्चालनमा रहेका दुई प्राविधिक धारका विद्यालयले दुई वर्षदेखि पढाई बन्द गरेर बसेका छन । क्यानेश्वर मावि क्यानखोलामा रहेको तीनवर्षे बाली विज्ञान र भानुभक्त मावि तिनकुनामा चलेको कम्प्युटर इन्जिनियरिङ पनि विद्यार्थी नपाएकै कारण बन्द भयो ।

जनज्योति मावि खुर्कोटमा सिविल इन्जिनियरिङमा यो वर्ष तीन जना विद्यार्थी मात्र भर्नाका लागि आए । खर्च धान्न नसकिने भएपछि पढाई नगरिएको विद्यालयका प्रधानाध्यापक यज्ञ बहादुर राईले बताए । पुरानो भर्नाका विद्यार्थीको पढाई सकिदा यो विद्यालय पनि बन्द हुने अवस्थामा पुगेको छ ।

गोलञ्जोरकै कौशिका मावि ग्वालटारमा रहेको १८ महिने भेटेनेरी पढाई २ वर्षदेखि बन्द भएको छ । यस्तै मावि नयाँखर्क गोलञ्जोरको बाली विज्ञानको पढाई पनि तीन वर्षदेखि बन्द छ । सुनकोशी मावि सोखुमा रहेको १८ महिने बाली विज्ञानको पढाई ३ वर्षदेखि बन्द छ ।

कोटा पुग्नै सकस 

जिल्लाका चलेका भनिएका सात प्राविधिक विद्यालयहरुमा पचास प्रतिशत कम विद्यार्थी भर्ना भएको देखिएको छ । ती मध्ये सामुदायिक स्तरको साझेदारी समेत रहेको सिन्धुली सामुदायिक प्राविधिक शिक्षालयमा गत वर्षदेखि नै सिटिईभिटीले निर्धारण गरेको कोटामा विद्यार्थी भर्ना हुन सकेनन । तीनवर्षे पशु विज्ञानमा यो वर्ष ४० को कोटामा २४ जना भर्ना भए । गतवर्ष १८ जना मात्र भर्ना भएका थिए । यस्तै सोहि शिक्षालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ मा यो वर्ष ४८ जनाको कोटामा २३ जना मात्र भर्ना हुन आए । विद्यालयका आर्थिक प्रशासन प्रमुख सन्तोष सापकोटाका अनुसार सिटिईभिटीको भर्ना प्रक्रियादेखि परीक्षा र रिजल्टमा देखिएको ढिलासुस्तीले समस्या भईरहेको छ ।

दुधौलीमा रहेको मावि पचरुखीमा यो वर्षदेखि जियोमेट्रिक इन्जिनियरिङको पढाई सुरु गरेको छ । उक्त विद्यालयमा पनि कोटा अनुसार विद्यार्थी भर्ना भएका छैनन । तथापी अन्य प्राविधिक शिक्षालयमा भन्दा विद्यार्थी भर्नाको अवस्था राम्रो छ । ४८ जनाको कोटा रहेको विद्यालयमा ३९ जना विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक प्रेम भट्टराईले बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

तिनपाटन गाउँपालिकाकै मावि लाम्पानटारमा रहेको मावि लाम्पानबतासेमा कृषि वाली विज्ञान र सिविल इन्जिनियरिङ पढाई हुन्छ । सिविल इन्जिनियरिङतर्फ ४८ जनाको कोटामा यो वर्ष २६ जना भर्ना भए । अघिल्लो वर्ष पनि २५ जना विद्यार्थी भर्ना भएका थिए । गत वर्षदेखि विद्यालयमा विद्यार्थीको अनुपात पचास प्रतिशतले घट्न थालेपछि विद्यालयले ५० प्रतिशत शुल्क मिनाहा ग¥यो । पचास प्रतिशत शुल्क घटाउँदा पनि यो वर्ष विद्यार्थी पाउन मुस्किल भयो । विगतमा १ लाख ८० हजार रुपैंया शुल्क लिने गरेको विद्यालयको शुल्क ९० हजारमा झ¥यो तर विद्यार्थी बढेनन । बाली विज्ञानमा चालिस जनाको कोटा रहेको यो विद्यालयमा २२ जना मात्र भर्ना भए । विद्यार्थी संख्या बढाउन र खर्च व्यवस्थापन गर्न तिनपाटन गाउँपालिकाका ११ वटा वडाले कृषि प्राविधिक पढाउन प्रत्येक वडाबाट एक जनालाई छात्रवृति अनिवार्य गर्ने सहमति गरिएको छ । कार्यान्वयनमा आई नसकेको विद्यालयका प्रधानाध्यापक सुनलाल तामाङले बताए । यो विद्यालयमा चारवर्षदेखि कृषि बाली विज्ञान चलेको हो ।

यो वर्षदेखि कम्प्युटर इन्जिनियरिङ (डिप्लोमा) सुरु गरेको सिद्धवावा मावि पानीट्यांकीमा पनि उल्लेख्य विद्यार्थी छैनन । ४० जनाको कोटामा जम्मा २७ जना विद्यार्थी भर्ना भएका छन । अहिलेसम्म व्यवस्थापन हुदै आएको सिद्धज्योति मावि फास्रेटारले पनि यो वर्ष सन्तोष जनक विद्यार्थी पाउन सकेन । जसका कारण प्राविधिक धार चलाउने नचलाउने भन्ने दोहोरो मनसायबाटै विद्यालयको पढाई सुरु गरिने भएको छ । ४० जनाको कोटा रहेको वाली विज्ञानमा यहाँ २० जना विद्यार्थी भर्ना भए । पशु विज्ञानतर्फ ४० जनाको कोटामा जम्मा ९ जना मात्र विद्यार्थी हुन आएको प्रधानाध्यापक योगेन्द्र प्रसाद अधिकारी बताए ।

बरुणदेवी मावि खट्टारको पनि हालत उस्तै छ । पशु विज्ञानतर्फको तीनवर्षे कोर्स पढाई हुने यो विद्यालयमा पनि विद्यार्थी पचास प्रतिशत घटेका छन । विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठका अनुसार प्राविधिक धारमा अध्ययन गर्न विद्यार्थीको आकर्षण नै देखिदैन । धिमाहा गतिमा चलेको अर्को विद्यालय प्राविधिक प्रशिक्षण केन्द्र पनि हो । यहाँ केहि प्राविधिक धार बन्द भए पनि अहेव पढाई भईरहेको छ ।

सिटिईभिटीमा मात्र विद्यार्थी कम भएका हैनन । बन्द नै नभए पनि शिक्षा तथा मानव श्रोत केन्द्र मार्फत जिल्लामा चलेका विद्यालयहरुमा समेत विद्यार्थीको संख्या कम देखिन्छ । शिक्षा तथा मानव श्रोत केन्द्र मार्फत प्राविधिक धारतर्फको पढाई हुने जिल्लामा ७ वटा विद्यालय छन । ती विद्यालय मध्ये ४ वटामा बालीविज्ञान र ३ वटामा सिभिल इन्जिनियरिङको पढाई हुन्छ । यो शिक्षा कक्षा ९ देखि १२ सम्म लागु गरिएको छ । जसका कारण पनि सिटिईभिटी तर्फका प्राविधिक धारका विद्यालयलाई केहि असर गरेको छ ।

तथ्यांक व्यवस्थित छैन

प्राविधिक शिक्षाको अवस्थाका बारेमा जिल्लामा एकीकृत तथ्यांक नै छैन । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका अनुसार जिल्लामा सिटिईभिटीबाट सम्बन्धन प्राप्त गरेका १३ वटा विद्यालय रहेको रेकर्ड छ । इकाईको तथ्यांकमा नभएका अन्य विद्यालयहरुमा प्राविधिक शिक्षा पढाई भएको रेकर्ड भेटिएका छन । सम्बन्धन कतिले लिए र कति बन्द भए शिक्षासँग तथ्यांक छैन । कति विद्यालयमा कति विद्यार्थीले अध्ययन गरेका छन वा छैनन भन्ने पनि एकीकृत तथ्यांक पाउन गाह्रो छ । शिक्षा समन्वय ईकाईकै तथ्यांकमा नभएका केहि विद्यालयहरुमा प्राविधिक शिक्षा बन्द भएको पाईएको छ । जुन रेकर्ड कार्यालयमा छैन ।

शिक्षा कार्यालयका सूचना अधिकारी दुर्गा बहादुर भुजेलका अनुसार शिक्षा विकास तथा समन्वय इकाईको काम समन्वय गर्ने मात्र हो । आवश्यक परे खोज्ने हो नत्र तथ्यांक खोजी नै हुदैन । उनले प्राविधिक धारका विद्यालय धेरै खुलेका कारणले पनि विद्यार्थी पाउन नसकिएको बताए । कति विद्यालयले विद्यार्थी पाउन सकेनन भन्ने समेत जानकारी नभएको पाईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मन्थलीमा बजार अनुगमन, म्याद सकिएका सामग्री नष्ट

Next Post

उपभोक्ता हितमा छैनन सिन्धुलीका बजार

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied