सिन्धुली । चाडवाडमा घर आवतजावत गर्ने नागरिकलाई सहयोग गर्नका लागि सिन्धुलीका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्लाका तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको समन्वयमा कमलामाई नगरपालिका वडा नं ६ बसपार्क, गोलञ्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार र दुधौली नगरपालिका वडा नं. ४ डकाहा बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
समुदाय प्रहरी साझेदारीमा काम गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरीले जनाएको छ ।





















