सिन्धुली । सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुको आँखा जाँच गरिएको छ । मंगलबार जिल्लाका ४ सय १५ जना चालकको आँखा परिक्षण गरिएको हो ।
प्रहरीले मंगलबार र शुक्रबार चालकको आँखा जाँच गर्ने कार्यक्रम अन्तर्गत आँखा जाँच गरिएको हो । नेपाल रेडक्रस सोसाईटी सिन्धुली, सिन्धुली आँखा अस्पताल कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिकाको समन्वयमा आँखा जाँच गरिएको हो ।
कनपा ६ ट्राफिक पोष्ट र गोलञ्जोर गाउँपालिका वडा नं. ७ को चेकपोष्टमा चालकको आँखा परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
विपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी चलाउने चालकहरुको आँखा तथा व्लड प्रेसर जाँच गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बताए ।





















