• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मानवअधिकार आयोगले ग¥यो कारागारको फोहोर व्यवस्थापनको अनुगमन

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ५, २०८०
in Featured, Health, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक बाग्मती प्रदेश कार्यालयले विहिबार सिन्धुली कारागारको अनुगमन गरेको छ । आयोगले नागरिक स्तरबाट कारागारबाट निस्कने फोहोरका कारण बस्ती र खोलामा दुर्गन्ध फैलिएको गुनासो आएसँगै अनुगमन गरेको हो ।

कमलामाई नगरपालिका वडा नं. ५ ऐसेलुजंघारमा रहेको सिन्धुली कारागारबाट निस्केको फोहोरले कमलामाई नगरपालिकाको वडा नं. ५ को कारागार क्षेत्र र त्यस भन्दा तलका बस्ती नै दुर्गन्धित भएको स्थानीयको गुनासो रहेको छ ।

कारागारका कैदीबन्दीले प्रयोग गर्दा निस्केको फोहोर पानी र शौचालयको पानी साँघुगैरा खोल्सीमा निकास गर्दा ऐसेलुजंघार र त्यस तलका बस्तीका बासिन्दाहरुलाई दुर्गन्धले बस्न समेत समस्या भएको स्थानीय गणेश बहादुर श्रेष्ठले अनुगमन टोलीलाई बताएका छन ।

आयोगका निर्देशक यज्ञ अधिकारी, इन्सेक बाग्मति प्रदेशका गणेश भण्डारी, पत्रकार सहितको अनुगमन टोलीले कारागार क्षेत्रको अनुगमन गरेको हो । कारागारको फोहोर व्यवस्थापनका विषयमा आयोगले कारागार प्रशासनसँग समेत छलफल गरेको छ ।

कारागारको ढल निकासी गरिएको साँघुगैरा खोल्सीको पानी ढलका रुपमा ग्वाङखोलामा मिसिएको छ । जसका कारण ऐसेलुजंघार, सानो करकरे, माझीडाँडा, पञ्चकन्या टोल, मजगाईं टोल लगाएतका क्षेत्रका पन्ध्रसय घरधुरी प्रभावित भएका छन । पानी दुर्गन्धित हुदा गाई वस्तुलाई खुवाउन, नुहाउन, लुगा धुन लगाएतका काममा स्थानीयले खोलाको पानी प्रयोग गर्न समेत नपाएको स्थानीयहरुले बताएका छन । यस्तै खेतीपातीमा सिंचाई गर्न समेत नपाएको उनीहरुको गुनासो रहेको छ ।

यस्तै कारागारबाट निस्केको शौचालयको पानी र दिशापिसाव सडक भरि छताछुल्ल भएपछि सडक समेत विग्रिएको अनुगमनका क्रममा भेटिएको छ । कारागारबाट निस्केको दुर्गन्धित पानीका कारण करीव ३० मिटर नजिकै रहेको सार्वजनिक इनारलाई समेत दुषित पारेकाले स्थानीयलाई खानेपानीको समेत समस्या भएको छ ।

यस्तै दुर्गन्धित पानी ग्वाङखोला हुदै कमला नदीमा मिसिदा कमलामाई नगरपालिकाका ५, ७, ८, ९, १०, ११, १३ र १४ का साथै दुधौली नगरपालिकाका क्षेत्र हुदै बग्दा वातावरण तथा पानी प्रदुषण भई प्रभावित बनेको स्थानीयले अनुगमन टोलीसँग बताए ।

कारागारको समस्या २०७७ असोजदेखिको भए पनि हालसम्म यसको समाधान निस्कन नसकेको स्थानीयले बताएका छन । उनीहरुले पटक पटक आवाज उठाए पनि उचित सम्बोधन हुन नसकेको अनुगमन टोलीसँग स्थानीयले बताएका छन । कमलामाई नगरपालिका, जिल्ला प्रशासन लगाएतका सरोकारवालासँग पटक पटक समस्या समाधान गर्न लिखित र मौखिक अनुरोध गरे पनि समाधान ननिस्किएको उनीहरुको गुनासो छ ।

स्थानीय मदन श्रेष्ठले स्थानीयलाई दुर्गन्ध फैलिएका कारण रोग नै फैलिने डर भएको र बस्नै सकस भएको बताए । कारागारको दुर्गन्धका कारण बस्ती नै उठ्नुपर्ने अवस्था आएको पनि उनले बताएका छन । कारागार आसपासका बस्तीमा जग्गा किनवेच समेत हुन छोडेको उनीहरुले बताएका छन ।
हाल सिन्धुली कारागारमा ८४८ जना कैदीबन्दी र १५ जना आश्रित बालबालिका रहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

सिन्धुलीमा भ्रष्टाचार विरुद्ध नागरिक प्रदर्शन

Next Post

कार्पस भाइरसले बयालिस वटा गाई मरे

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied