सिन्धुली । शनिबार सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा भ्रष्टाचार विरुद्ध नागरिक प्रदर्शन गरिएको छ । नागरिक समाजका अगुवाहरुले स्वतस्फुर्त रुपमा नागरिक प्रदर्शन गरेका हुन ।
नागरिक आन्दोलनको नाम दिईएको उक्त प्रदर्शनमा नागरिक समाजका अगुवालाई राजनीतिक दलका कार्यकर्ता तथा नेताहरुले समेत साथ दिएका छन । नेकपा एमाले, नेपाली कांग्रेसका जिल्ला तथा प्रदेश स्तरका नेताहरु समेत प्रदर्शनमा थिए ।
विभिन्न नागरिक संघसंस्थाका अगुवाहरुले प्रदर्शनमा सहभागिता जनाए । उनीहरुले भ्रष्टाचार विरुद्धका विभिन्न नाराहरु सहितका प्लेकार्ड बोकेर प्रदर्शन गरे । उनीहरुले लोकतान्त्रिक चोकबाट सिन्धुलीमाढी बजार परिक्रमा गरि पुनः लोकतान्त्रिक चोकमा आई कोणसभा समेत गरे ।
उक्त प्रदर्शनीमा विभिन्न नारावाजी समेत गरेका थिए । उनीहरुले भ्रष्टाचारी र नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहिको माग समेत गरेका छन । उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान गर्ने हिम्मत गरेकोमा धन्यवाद समेत दिएका छन ।
उनीहरुले सरकार हिम्मतका लागि आभार खुट्टा कमाए खबरदार, नेताहरु भ्रष्ट बाउ छोरा दाई भाउजु प्रष्ट, भ्रष्टाचारीको दश हात तिनीहरुलाई नै नेताहरुको साथ, भ्रष्टाचारी धपाउँ लोकतन्त्र बचाउँ, कति गर्छौ भ्रष्टाचार भ्रष्टाचारी खबरदार, हाम्रो कर मिलेर लुट्न बन्द गर, नक्कली भुटानी शरणार्थी काण्डको सक्कली छानविन होस लगाएतका नाराहरु लगाएका थिए ।





















