सिन्धुली । कलाघर सिन्धुलीले बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ को टेम्पु पार्किङमा शनिबार सडक नाटक प्रदर्शन गरेको हो ।
बालविवाह सम्बन्धि जनचेतना जगाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको कलाघरका अध्यक्ष सुमन थापा मगरले बताए । उनका अनुसार कलाघरले सामाजिक दायीत्व अन्तर्गत यस्ता जनचेतनाका कार्यक्रम गर्दै आएको छ ।
कलाघरको नियमित कार्यक्रम अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको हो । नाटकमा बालविवाहले पार्ने सामाजिक, आर्थिक, स्वास्थ्य लगाएतमा पार्ने असरहरु, बालविवाहसँग सम्बन्धित कानुनी व्यवस्था लगाएतमा केन्द्रीत रहेर सडक नाटक प्रदर्शन गरिएको थियो ।
सडक नाटक स्थानीयहरु, विभिन्न संघसंस्थाका व्यक्तिहरु, सुरक्षा निकाय, कर्मचारी लगाएतले अवलोकन गरेका थिए । बालविवाहमा कलाघरकाकलाकारहरुको प्रस्तुति रहेको थियो ।





















