सिन्धुली । जंगलमा लागेको आगो निभाउन जाँदा गोलञ्जोर गाउँपालिकाकी एक महिला जलेर घाईते भएकी छिन ।
शनिबार बस्तीमा आगो आउन थालेपछि बस्ती जोगाउन आगो निभाउन जाँदा आगोले पोलेर गोलञ्जोर गाउँपालिका वडा नं. ७ राटातारकी २६ वर्षिय विनिता राई घाईते भएकी हुन ।
उनको दुवै हात र टाउकोमा आगोले पोलेर घाईते भएकी हुन । उनको गोलञ्जोरको खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि किर्तिपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
राताटार नजिक रहेको लालुपाते सामुदायिक वनमा शुक्रबारदेखि आगलागी भएको थियो । आगो वस्तीमा पस्न थालेपछि कमलामाई नगरपालिका र रामेछापबाट दमकल ल्याई आगो निभाईएको प्रहरीले जनाएको छ ।



















