सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीले संघको ७१ औं स्थापना दिवस मनाएको छ । संघले नेकपा एमालेको पार्टी कार्यालय सिन्धुलीमाढीमा दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो ।
दिवसका अवसरमा अनेमसंघले केक समेत काटेको छ ।
नेकपा एमाले निकट महिलाहरुको जनसंगठन अनेमसंघका केन्द्रीय नेताहरु, प्रदेशका नेताहरु, जिल्ला तथा कमलामाई नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागितामा दीप प्रज्वलन गरिएको अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती भट्टराईले बताईन । अनेमसंघको स्थापना २००८ सालमा भएको हो ।






















