सिन्धुली । फिक्कल गाउँपालिकाले पालिकाका सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । विहिबार गाउँपालिकाले गाउँपालिकाका छ वटै वडामा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
चालु आर्थिक वर्षको प्रथम चौमासिकमा गाउँपालिका र वडा कार्यालयले गरेका कामहरु तथा गाउँपालिका र वडाबाट गरिदैं आएको सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताईन ।
सार्वजनिक सुनुवाईमा नागरिकहरुले शिक्षा, स्वास्थ्य, विकास निर्माण, भौतिक संरचना निर्माण लगाएतका सवालमा प्रश्न गरेका थिए ।
यस्तै कृषि, पशुपालन लगाएतका क्षेत्रमा नागरिकहरुले सेवा सुविधाहरु बढाउनुपर्ने, वडा कार्यालयबाट कृषि, पशु लगाएतका सेवा प्रवाह गर्नुपर्ने लगाएतका सवाल राखेका थिए भने वडाका वडा अध्यक्षहरु, वडा सचिवहरु, गाउँपालिकाका प्रतिनिधिहरुले सवालको जवाफ दिएका थिए ।
उनीहरुले नागरिकका गुनासोलाई सम्बोधन गरिरहेको र पुरा गर्न लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।





















