सिन्धुली । नेकपा एमाले सिन्धुली क्षेत्र नम्वर २ क का प्रदेशसभा सदस्य विनोद कुमार खड्काले मंसिर चार गते हुने निर्वाचनमा जिल्लाभरी एमालेका उमेदावर विजयी हुने बताएका छन । जिल्लाको विकासको लागी एमाले उमेदवारहरु विजयी हुनुको विकल्प नभएको बताए । उनले अहिलेको गठवन्धन भनेको खिचडी जस्तो कुन कता कसको र एजेण्डा विहिन रहेको बताएका छन ।
कमलामाई नगरपालिका ४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार खड्काले अहिले जिल्लाबासीको आकर्षण एमाले तर्फ भएको बताए । एमालेले लिएको विकास र समृद्धिको साथमा राष्ट्र, राष्ट्रिया र राष्ट्रिय स्वाधिनताको पक्षमा लिएको अडानका कारण एमालेमा कांग्रेसलगायतका नेताहरुलाई एमालेमा स्वागत गरी मुलुक निर्माणको पक्षमा लगाउने अवस्था सृजना भएको बताए ।
उनले ‘आगामी निर्वाचन पछि एमाले देशको ठुलो शक्ति भएर उदाउने बताए । गठबन्धनको बैशाखी अन्त्य हुने उनले दावि समेत गरे । लाखौं नेता तथा कार्यकर्ता एमालेको बलियो घरभित्र आउने खड्काको दावि रहेको छ । मंसिर चार पछि देशमा एमालेको नेतृत्वमा स्थिर सरकार बन्ने दावि समेत गरे । त्यसपछि विकास निर्माणका कार्यहरु सुचारु हुनेछन् । गठबन्धन सरकारले विकास होलिडेको अन्त्य एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि मात्र हुने कुरा जनताले बुझेका छन् । त्यसैले आगामी निर्वाचन पछि कांग्रेसले सरकारको नेतृत्वमा पुग्ने सपना सधैंको लागि अन्त्य हुनेछ खड्काले भने ।
सिन्धुलीमा एमाले सधैं जनताको साथमा रहेर मानवीय कार्य गरेको तथ्यहरु उल्लेख गर्दै उनले सिन्धुलीनिवासीहरुले गौरव गर्ने अवस्था बनाएको दावी गरे । मदनभण्डारी राजमार्ग , मध्ये पहाडी राजमार्ग, मरिण सुनकोशि डाईभर्सन जस्ता योजनाहरु एमाले नेतृत्वको सरकारले गरेको स्मरण गराउदै खड्काले जिल्लाको सम्बृद्धिको लागी एमाले अब्बल रहेको बताए ।
आज उम्मेदवारले आफ्नो परिवार, दाजुभाई, आफन्त खोज्दै हिडेका छन् । सिन्धुलीमा गठबन्धनका उम्मेदवारले ३०–४० वर्ष नचिनेको आफन्त खोज्दै हिडेका छन् । गठबन्धनका उम्मेदवारले आफन्तकामा गएर हार गुहार गर्न लागेका छन, खड्काले भने । सिन्धुली निवासी त्यसमाथी पनि सिन्धुली क्षेत्र नम्वर २÷१का जनता शिक्षित र स्वविवेक प्रयोग गर्न सक्ने भएकाले दल र आस्था भन्दा माथि उठेर मतदान गरी सुर्य ध्वजावहाक उमेदवारलाई विजयी गराउनेमा आफु विश्वस्त रहेको बताए ।
सडक, पुल, विद्यालय, अस्पताल, खानेपानी, ढल लगायतका कार्यहरु भएको उल्लेख गर्दै उनले चालु आयोजनाहरु पुरा गर्न आगामी निर्वाचन पछि एमालेको नेतृत्वको सरकार अनिवार्य रहेको बताए । जनताले मंसिर ४ गते पछि विजयको माला लगाउन आउनु भनि जनताले आर्शिवाद दिइरहेको उल्लेख गर्दै उनले विजय पश्चात जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास गर्ने प्रतिवद्धता जनाए । गठबन्धनका उम्मेदवारहरु भ्रम फैलाउने गाली गलौजमा नै सिमित भएको भन्दै जनताले गुनासो गर्ने गरेको बताए ।























