सिन्धुली । नेकपा एमालेका बाग्मति प्रदेश सदस्य एवम् नेकपा एमालेका प्रदेशसभा २(१)का उमेदवार विनोद कुमार खड्काले भोट हाल्दा योग्य र विकास गर्ने नेतालाई छानेर हाल्न आग्रह गरेका छन । उनले बुधबार चिसापानी झोराका स्थानीयसँगको छलफलमा यस्तो बताएका हुन ।
खड्काले अनुभव, क्षमता र ज्ञानलाई हेरेर भोट हाल्न मतदातालाई आग्रह गरेका हुन । जात, नाता, व्यक्तिगत सम्बन्ध भन्दा कामलाई मुल्यांकन गरेर मतदाताले मतदान गरि आफ्ना प्रतिनिधि छान्नुपर्नेमा उनले जोड दिए ।
उनले आफु अघिल्लो कार्यकालमा गरेर अधुरा रहेका कामलाई पुरा गर्न र बाँकी रहेका कामलाई अगाडि बढाउनका लागि उमेदवार बनेको बताउँदै मतदाताले आफुलाई पुनः विजयी गराउने विश्वास व्यक्त गरे ।
‘मलाई अधुरा काम पुरा गर्नु छ, त्यो अवसर दिनु हुनेछ भन्ने अपेक्षा गर्दछु’ उनले मतदातासँग भनेका छन ।
स्थानीयले उमेदवारहरुसँग सडक, नाला, पुल, तटबन्धन, खानेपानी र स्कुलको समस्या रहेको गुनासो राखेका थिए ।





















