सिन्धुली । राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाका सरोकारवाला, कमलामाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सूचनाको हकका अभियन्ताहरुको उपस्थितिमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपालको संविधान २०७२ को धारा २७ मा उल्लेख भएको सूचनाको हक, सूचनाको हक सम्वन्धि ऐन २०६४ र सूचनाको हक सम्वन्धि नियमावली, २०६५ मा उल्लेख भएका व्यवस्थाहरुको बारेमा छलफल गरिएको छ ।
आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका उप प्रमुख मञ्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव दिवस आचार्यले सूचनाको हकको बारेमा जानकारी गराएका थिए ।






















