सिन्धुली । नेपाल सरकारले सिन्धुली सहित नेपालका ८ जिल्लाका सबै सामुदायिक विद्यालयहरु, सामुदायिक स्वास्थ्य संस्थाहरु र सबै स्थानीय तह र वडा कार्यालयहरुमा इन्टरनेट जडान तथा क्षमता विस्तार गर्ने भएको छ ।
यसरी इन्टरनेट जोडिने जिल्लामा ७ वटा बाग्मति प्रदेशका जिल्ला परेका छन । सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा र प्रदेश नं. १ को ओखलढुंगा रहेका छन । ती जिल्लाका सबै जिल्लामा सम्बन्धित स्थानीय तह मार्फत काम गर्ने तयारी सरकारले गरेको छ ।
सरकारी सेवालाई प्रभावकारी बनाउन उक्त कार्यक्रम ल्याएको हो । मन्त्री परिषदले गत माघमा नै यी जिल्लालाई इन्टरनेट पहुँच पु¥याउने जिल्लामा छनौट गरेको हो ।
छनौट भएका जिल्लाका आधारभूत विद्यालयदेखि सबै विद्यालयहरु, सबै स्वास्थ्य चौकी, वडा कार्यालयहरु र स्थानीय तह सबैमा इन्टरनेट जोडिने भएको हो । उक्त कार्यक्रमको मंगलबार विहान भर्जुअल माध्यमबाट सार्वजनिकीकरण गर्ने कार्यक्रम सरकारले तय गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालय स्रोतले जनाएको छ ।





















