• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

शव व्यवस्थापनमा लापरवाहि भएको स्थानीयको गुनासो

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ४, २०७८
in Featured, Health, Province 3, Society
0

Share via:

49 Shares
  • Facebook 49
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाको शव व्यवस्थापन स्थलमा कोरोना संक्रमितको शव व्यवस्थापनमा त्रुटि भएको पाईएको छ । उक्त स्थानमा सोमबार दुई संक्रमित महिलाको शव व्यवस्थापनमा लापरवाहि भएको पाईएपछि स्थानीयले त्यहाँको अवस्था सहितको भिडियो सार्वजनिक गरेर स्थानीय प्रशासन, नेपाली सेना र कमलामाई नगरपालिकामाथि प्रश्न गरेका थिए ।

कमलामाई नगरपालिका वडा नं. ५, ६ र ७ को सिमानामा रहेको गडौली घाटमा जलाईदै गरेको शव छोडेर मलामी भागेको, शव व्यवस्थापनमा प्रयोग गरिएका सामग्री यत्रतत्र छरिएको, शव पुरै नजलेको लगाएतका सामग्री सहित स्थानीयले भिडियो सार्वजनिक गरेका थिए ।

उक्त भिडियो मार्फत स्थानीय नागरिकको स्वास्थ्य सुरक्षाका विषयमा चासो समेत व्यक्त गरिएको थियो । शव व्यवस्थापनमा लापरवाहि भएको विषय सार्वजनिक भएपछि सोमबार नै मृतकका परिवारलाई बोलाई शव व्यवस्थापन गर्न लगाईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । यो सँगै नगरपालिकाका ३ वटा वडाका अध्यक्षहरु, सुरक्षाकर्मीहरु लगाएतको सक्रियतामा घाटको सरसफाई समेत गरिएको कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकालले बताएका छन ।

शव व्यवस्थापनमा मापदण्ड निर्माण

उक्त घटनापछि मंगलबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेको छ । बैठकले शव व्यवस्थापन गर्दा पालना गर्ने गराउने नियम निर्माण गरेको छ ।

बैठकले निर्माण गरेको नियममा नेपाली सेनाले स्थानीय तहको सहयोगमा शव व्यवस्थापन गर्ने, शव गाड्ने भएमा स्थानीय तहले स्थान उपलब्ध गराउने र शव व्यवस्थापन नेपाली सेनाले गर्ने, सामाजिक परम्परा अनुसार शव व्यवस्थापन गर्नुपर्ने भएमा नेपाली सेनाले शव चितामा राखिदिने र सो पश्चातका कार्य स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरि मृतकका आफन्तले गर्ने, शव नजलिसकेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहितको टोली बस्ने र पूर्ण रुपमा जलिसकेपछि मात्र हिड्ने भनिएको छ ।

यस्तै शव पुरै जलिसकेपछि घाटलाई पानीले सफा गरेर मात्र जानुपर्ने, मृतकका लुगा, पिपिई लगाएत शव व्यवस्थापनमा प्रयोग भएका सबै सामानलाई आगोले नष्ट गर्नुपर्ने, शवको व्यवस्थापनपछि घाटको वरपर निर्मलीकरण गर्नुपर्ने, शव व्यवस्थापन स्थलको अर्को विकल्प पनि खोजी गर्नुपर्ने नियम बनाईएको छ । उक्त नियमको उलंघन भएमा संक्रामक रोग ऐन २०२० बमोजिम कडा कारवाहि गर्ने समेत निर्णय बैठकले गरेको छ ।

यस्तै कोभिड परिक्षण नगरि घरमै मृत्यु भएका वा होम आइसोलेसनमा बसी मृत्यु भएकाको शव व्यवस्थापन गर्दा स्थानीय स्तरबाटै शवलाई निर्मलीकरण गरि पोलिथिनले वेर्ने जस्ता तोकिएका मापदण्ड पुरा गरेर अन्त्यष्टि गर्ने व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

शव जलाउन दाउराको अभाव
सिन्धुलीमा कोभिड १९ का मृतकको शव जलाउन दाउराको अभाव हुन थालेको छ । दाउराको अभाव भएपछि केन्द्रले डिभिजन वन कार्यालय सिन्धुलीलाई दाउरा उपलब्ध गराउन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै घाटको चिता पखाल्नका लागि पानीको आवश्यकता पर्ने भएकाले पानी बोक्ने बाल्टिनको व्यवस्था गर्न नेपाल रेडक्रस सोसाईटी र मोटर लगाएतका सामग्री व्यवस्थापन गर्न सामाजिक सरोकार समाज सिन्धुलीलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

यस्तै शव व्यवस्थापन गर्ने घाट नजिकका स्थानीयलाई स्वास्थ्य सुरक्षाका सामग्री तथा औषधिहरु उपलब्ध गराउन सिन्धुली अस्पताल र स्थानीय गैससहरुलाई अनुरोध गरि व्यवस्था मिलाउने लगाएतका निर्णय बैठकले गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले निशेधाज्ञालाई कडठाईका साथ लागु गर्ने, जिल्ला बाहिरबाट यस जिल्लामा भित्रिएका जिल्लावासीलाई होम क्वारेन्टाईनमा राख्ने र सो को प्रभावकारी अनुगमन गर्ने, पालिकाहरुमा होम आईसोलेसन तथा क्वारेन्टाईनमा बस्नेहरुलाई स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट दैनिक स्वास्थ्य निगरानी गरि औषधि, मास्क, सेनिटाईजर इत्यादिको व्यवस्था गर्ने लगाएतका निर्णय गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोरोनाका कारण दुई महिलाको ज्यान गयो

Next Post

सिन्धुलीमा कोरोनाका कारण थप एकजनाको मृत्यु

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied