सिन्धुली । शनिबार सिन्धुलीमा २३ जना कोरोना संक्रमित थपिएका छन । सुनकोशी गाउँपालिकाका १२, दुधौलीका १० र कमलामाई नगरपालिकाका १ गरि २३ जनामा कोरोना संक्रमण देखिएको सिन्धुली अस्पतालले जनाएको छ ।
सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेलले जनाए अनुसार सुनकोशीका २० जना, दुधौलीका १९ जना र कनपा ११ जना गरि ५० जनामा कोभिड १९ परिक्षण गरिएकोमा २३ जनामा कोभिड १९ संक्रमण देखिएको हो ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९५ पुगेको छ । परिक्षण गरिएकामा लगभग ५० प्रतिशत माथि संख्यामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितहरुमा सबैभन्दा बढी कमलामाई नगरपालिकामा देखिएका छन । कमलामाईमा ४७ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै दुधौलीमा २९ जना, सुनकोशी गाउँपालिकामा १३, तिनपाटन गाउँपालिकामा ३, मरिण गाउँपालिकामा २ र फिक्कलमा १ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।




















