सिन्धुली । जिल्लाको गोलञ्जोर गाउँपालिका पनि आइतबारदेखि एकसाताका लागि लकडाउन गरिएको छ । गाउँपालिका भित्रका अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु एकसाताका लागि बन्द भएका हुन ।
उक्त गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । आइतबार सूचना जारी गर्दै गाउँपालिकाले औषधि पसल, स्वास्थ्य सेवा, एम्बुलेन्स लगाएतका सेवा भने २४ सै घण्टा खोल्ने अन्य सेवा आंशिक रुपमा सञ्चालन गर्ने भएको छ । खाद्यान्न पसल, डेरी, होटल विहान २ घण्टा र बेलुका २ घण्टा खुल्ने भएका छन ।
यस्तै बैंक तथा वित्तिय संस्थाहरु स्वास्थ्यको मापदण्ड पालना गरि ३ घण्टा खोलिने भएको छ । अन्य सेवा भने एकसाताका लागि बन्द गरिएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले सूचना निकालेर जनाएका छन ।





















