सिन्धुली । कोरोनाको संक्रमण देखिएपछि तीनपाटन गाउँपालिकाले लंगुरखोला क्षेत्र एकसाताको लागि शिल गरिएको छ ।
तिनपाटन गाउँपालिकाले हाल कोभिड १९ को नयाँ भेरिएण्टको संक्रमण वडा नं ५ को लंगुरखोलामा अन्दाजी ७०÷७५ वर्षका एक पुरुषमा देखिएकोले सो क्षेत्र एक साताको लागि शिल गरेको हो ।
लंगुरखोला क्षेत्रमा कोरोना संक्रमित बिरामी देखिएकोले सोको नियन्त्रण रोकथाम गरी समुदायमा संक्रमण फैलिन नदिन उक्त क्षेत्रमा लंगुरखोला क्षेत्रको अँधेरी मूलबाटोबाट सिसा बोटेसम्मको क्षेत्र भित्र ७ सात दिनसम्म आवतजावतमा बन्देज लगाईएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले सूचना जारी गर्दै उक्त क्षेत्र शिल गरिएको जानकारी दिएका हुन ।




















