• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मेयरकी सालीको त्यो निवेदन, जसले कार्यालय सहयोगीको जागिर चट

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख १५, २०७८
in Featured, Politics, Province 3
0

Share via:

119 Shares
  • Facebook 119
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीकी सालीको व्यक्तिगत निवेदनले रानीचुरी स्वास्थ्य चौकीकी एक कार्यालय सहयोगीको जागिर चट भएको छ । काममा इमान्दार, समयमै काम आउने र सबै काम इमान्दाररिताका साथ पुरा गर्ने रानीचुरी स्वास्थ्य चौकीकी कार्यालय सहयोगी रुद्र कुमारी खत्रीको जागिर त्यहि निवेदनका आधारमा गएको छ ।

मेयरकी कान्छी साली कनपा ११ बेसारे घर भएकी प्रमिला बस्नेतले स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई दिएको व्यक्तिगत आक्षेपको निवेदनको भरमा कमलामाई नगरपालिकाले कार्यालय सहयोगी खत्रीसँगको करार सम्झौता भंग गरेको छ ।

खत्रीलाई बस्नेतले ‘खत्रीका कारण आफ्नो घरमा कलह भईरहने तथा पारिवारिक अवस्था जटिल बन्दै गएको भन्दै स्वास्थ्य संस्थाबाट हटाई मेरो परिवार मिलान गरि पाउँ र आम रुपमा छलफल गरि न्याय दिलाई पाउँ’ भन्ने व्यहोराको निवेदन दिएकी थिईन । बस्नेतले उक्त निवेदन २०७७ फागुन १८ गते रानीचुरी स्वास्थ्य व्यवस्थापन समितिमा दिएकी थिइन ।

समितिका अध्यक्ष तथा वडा नं. ११ का अध्यक्ष राम बहादुर थिङले उक्त निवेदन फागुन २६ गते स्वास्थ्य चौकी इन्चार्जलाई तोक लगाई बैठकमा पेश गर्न निर्देशन गरेका थिए । त्यो निवेदनमाथि व्यवस्थापन समितिमा चैत २ गते छलफल त भयो तर पीडित र पीडक भनिएका दुवैजनालाई सहभागि गराईएन । समितिको बैठकले निवेदकलाई प्रमाण पेश गर्न र आरोप लगाईएकी कर्मचारीलाई सफाई पेश गर्न ७ दिनको म्याद सहितको निर्देशनात्मक निर्णय ग¥यो ।

त्यो निर्णयपछि महिला कर्मचारी विरुद्ध उजुरी हाल्ने प्रमिलाले प्रमाण पेश गरिनन तर कर्मचारीले चैत ८ गते आफुमाथि लगाइएका आरोप गलत भएको र मैले इमान्दारिता पूर्वक काम गर्दा गर्दै पनि कसैको रिसइवी तथा आरोपका भरमा जागिर खानु कतिको न्यायोचित हो ? भनि प्रश्न गर्दै आरोपबाट सफाई माग गरेर निवेदन दर्ता गराएकी छिन । उनलाई चैत २ गतेको बैठकले आरोप खण्डन हुने प्रमाण मागेको थियो । कार्यालय भित्रको समस्या नभएकाले उक्त प्रमाण आरोप भोगेकी कर्मचारीले दिनु आवश्यक थिएन र मागिनु गलत थियो ।

चैत ११ गते व्यवस्थापन समितिको अर्को बैठक बसेको देखिन्छ । उक्त बैठकले रुद्रकुमारीलाई जागिरबाट निकाल्ने आधार नपाएपछि कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीलाई प्रमिलाको निवेदन, रुद्रकुमारीको जवाफ र कारवाहि गर्न नसकेको निर्र्णय पेश गर्छ । मेयर खत्रीको ठाडो आदेशमा रुद्रकुमारी जागिरबाट निकालिन्छिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

रुद्रकुमारीका अनुसार आफुलाई आरोपको बाहेक जागिरको बारेमा कुनै पनि स्पष्टीकरण नसोधिएको बताईन । ‘मलाई त्यो निवेदन र जागिरका विषयमा छलफलमा पनि बोलाईएको छैन’ उनले भनेकी छिन ।

‘प्रमिलाको परिवारमा के कारणले झगडा हुन्छ म जान्दिन । मलाई अनावश्यक आरोप लगाईयो, मेरो वेइज्जत गर्न खोजियो’ बस्नेतले भनिन । खत्रीका श्रीमान वैदेशिक रोजगारमा छन । उनी भन्छिन, ‘मलाई एक्लो देखेर हेपियो, न्याय चाहियो ।’ ‘कसैको घर विगार्ने आरोप सानो हैन, मैले कसरी तिनको घर विगारें प्रमाणित होस ।’

रुद्रकुमारीको जागिरको समय २०७८ असार मसान्तसम्म छ । कमलामाई नगरपालिकाले उनलाई कुनै स्पष्टीकरण समेत सोधेको छैन । उनलाई बैशाख १ गतेदेखि लागु हुने गरि सम्झौता भंग गरिएको र स्वास्थ्य चौकीलाई बैशाख १ गतेदेखि हाजिर नगराउनु भनि पत्र लेखिएको छ । रुद्रकुमारीलाई लेखिएको पत्रको बोधार्थ वडा नं. ११ को कार्यालय र रानीचुरी स्वास्थ्य चौकीलाई पनि दिईएको छ । पत्रमा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले हस्ताक्षर गरेका छन । करार सम्झौता भंग गरिएको पत्रमा ‘कार्य सन्तोषजनक नपाईएकाले’ करार सम्झौता भंग गरिएको उल्लेख गरिएको छ । जुन पत्र चैत २५ गते लेखिएको छ ।

रुद्रकुमारीसँग गरिएको करार सम्झौतामा उक्त पदमा स्थायी पदपूर्ति भएमा स्वतः हट्नुपर्ने छ भनि लेखिएको छ । उनलाई अवकाश दिंदा त्यहाँ कुनै पनि स्थायी कर्मचारी आएका छैनन । खत्रीसँग नगरपालिकाले गरेको करार सम्झौतामा उल्लेख गरिएको १० नं. बुँदामा टेकेर नगरपालिकाले सम्झौता रद्द गरेको देखिन्छ । जबकी उनको काम सन्तोषजनक नभएको भन्ने आधार नै छैन ।

काम लगाउने स्वास्थ्य चौकी, काममा असन्तुष्टि नगरको

रानीचुरी स्वास्थ्य चौकी इन्चार्ज इन्दिरा पहाडीले भने कार्यालय सहयोगीको काम अत्यन्तै सन्तोषजनक रहेको बताईन । पहाडीले समयमा कार्यालय आउने, भएका सबै काम इमान्दारिता पूर्वक गर्ने, कार्यालय खुलेको दिन सधै कार्यालय आउने गरेको र कार्यालय सहयोगीलाई कामका सवालमा कुनै पनि खोंट लगाउने ठाउँ नभएको बताईन ।

पहाडीलाई पनि उनको काम कस्तो छ भनि ‘नगरपालिका वा वडा कार्यालय’ कसैले सोधेको छैन । २०७५ साल साउनदेखि जागिर खाएकी खत्री र इन्चार्ज पहाडीले सँगै काम गरेको २०७५ भदौदेखि हो ।

के छ प्रचलित कानुनमा ?

खत्रीसँग नगरपालिकाले गरेको सम्झौतामा अर्को बुँदा पनि छ जुन सम्झौतामा उल्लेख नभएका कुराहरु प्रचलित कानुन बमोजिम हुने छ भनि उल्लेख गरिएको छ । उक्त बुँदाले श्रम ऐन २०७४ लाई आकर्षित गर्छ । उक्त ऐनको दफा १४२ मा कार्यक्षमताको अभाव भएमा रोजगारी अन्त्य गर्न सक्ने व्यवस्था छ । उक्त दफाको (१) मा कुनै श्रमिकको कार्य सम्पादन मुल्यांकन गर्दा लगातार तीन पटक वा सो भन्दा बढी निजको कार्यक्षमता सन्तोषजनक नभएमा वा न्युन स्तरको पाईएमा रोजगारदाताले त्यस्तो श्रमिकको रोजगारी अन्त्य गर्न सक्ने छ भन्ने उल्लेख गरेको छ ।

यस्तै सोहि दफाको (२) मा कार्य सम्पादन मुल्यांकन गरिएको हुनपर्छ भन्ने उल्लेख छ । (३) मा रोजगारी अन्त्य गर्नु अगाडि श्रमिकलाई सफाई पेश गर्न कम्तिमा सात दिनको समय दिनुपर्छ भनिएको छ ।

रुद्र कुमारीको हकमा श्रम ऐनका कुनै पनि बँुदा कार्यान्वयन भएको देखिदैन । श्रम ऐन २०७४ को दफा १४४ (१) मा रोजगार सम्बन्ध अन्त्य गर्नु अघि रोजगारदाताले एक वर्ष भन्दा बढी अवधिको रोजगारीको हकमा कम्तीमा तीस दिन अगावै सूचना दिनुपर्ने उल्लेख गरेको छ । उक्त दफाको २ (१) मा सूचना नदिई रोजगारी अन्त्य गरेमा त्यसरी सूचना दिनुपर्ने अवधिको पारिश्रमिक सम्बन्धित श्रमिकलाई दिनुपर्ने व्यवस्था गरेको छ ।

कार्यविधि विनै भर्ना

कमलामाई नगरपालिकाले कार्यालय सहयोगी भर्नाका लागि कुनै पनि कार्यविधि बनाएको छैन । यो तहका कर्मचारी करारमा भर्ना गर्नुप¥यो भने टिप्पणी उठाएर भर्ना गर्ने गरेको नगरपालिकाका सूचना अधिकारी निर्मल लामाले बताएका छन । नगरपालिकाले प्राविधिक कर्मचारी भर्ना, नगर प्रहरी भर्ना लगाएतका भर्ना प्रक्रिया कार्यविधि अनुसार गरेको देखिन्छ तर कार्यालय सहयोगी भर्ना र अवकाश आदेशका भरमा हुने गरेको पाईएको छ ।

करारमा भर्ना गरिएका कर्मचारीको सम्झौतामा तोकिएको समय वा कार्यगत समय सकिएपछि स्वतः रोजगारी अन्त्य भएको मानिन्छ । तर नगरपालिकाले त्यहि समय पनि कुर्न सकेको देखिदैन । कमलामामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम थापाले भने उनको राजगारी अन्त्यको कारणबारे बोल्नै चाहेनन । उनले ‘माथिबाटै भएको हो, माथि नै सोध्नुस’ भने ।

यता कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले करारको कर्मचारीको जतिवेला पनि करार सम्झौता भंग हुने बताएका छन । ढकालले नगरपालिकाले कानुन बमोजिम नै रुद्रकुमारी खत्रीको करार सम्झौता भंग गरिएको दावी गरे । उनले बस्नेतले खत्रीका विरुद्ध दिएको निवेदनका विषयमा आफु जानकार नभएको समेत बताएका छन ।

कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले निवेदक आफ्नी साली भएको र उनीहरुको व्यक्तिगत झगडा लामो समयदेखि भएको बताए । मेयर खत्रीले वडाअध्यक्ष र रानीचुरी स्वास्थ्य चौकी व्यवस्थापन समितिले लेखेर पठाएको माईनुटको आधारमा जागिरबाट निश्कासन गरेको बताएका छन । रुद्रकुमारीको जागिरको सवालमा कुनै पुनर्विचार नहुने समेत बताएका छन । ‘अवकाश दिईसकेको विषयमा कुनै पुनर्विचार वा पुनर्वहाली हुदैन खत्रीले भने ।’ श्रोतका अनुसार मेयरले सालीलाई जागिर लगाउनका लागि उक्त निवेदन पेश गर्न लगाई रुद्रकुमारीको जागिर खोसेका हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा कैदीबन्दी भेटघाटमा रोक लगाईयो

Next Post

एकैपटक २१ जनामा कोरोना संक्रमण, बालबालिकामा संक्रमण बढ्दो

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied