सिन्धुली । सिन्धुली उद्योण वाणिज्य संघले सरकारले पहिलो चरणमा लकडाउनलाई खुकुलो पार्दै खोल्ने निर्णय गरेका पसलहरु बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने जनाएको छ ।

लकडाउन खुकुलो पार्ने गरि सरकारले बुधबार गरेको निर्णयलाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उचित स्वास्थ्य सुरक्षा कायम गर्दै सेवा प्रदान गर्ने निकायले २ मिटरको सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने लगायत जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना गर्ने गरी सेवा सूचारु गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयलाई आधार बनाई संघले स्वास्थ्य सुरक्षा अपनाई पसल खोल्न अनुरोध समेत गरेको छ । यो निर्णय नभए पनि सिन्धुलीमा करिब एक सातादेखि सबै पसल तथा व्यवसायहरु निर्वाध रुपमा सञ्चालन भईरहेका थिए ।




















