सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाका पाँचजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाको क्वारेन्टाईनबाट स्वाव संकलन गरि कोरोना परिक्षणका लागि पठाईएका ५ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

यो सँगै हालसम्म सिन्धुलीमा परिक्षणका लागि पठाईएका ३ सय ११ नमुनामध्ये ३ सय २ जनाको रिपोर्ट आईसकेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । जसमा २ सय ९९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
पोजेटिभ रिपोर्ट आएका ३ जनाको सिन्धुली अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । शाहका अनुसार परिक्षणमा पठाईएका मध्ये ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।




















