सिन्धुली । सिन्धुलीका थप ७१ जनाको थ्रोट स्वाव संकलन गरि परिक्षणका लागि हेटौडा पठाईएको छ । ७ जना पत्रकार सहित ७१ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका र स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा कमलामाई नगरपालिका वडा नं. ६, ८, ९, १० का क्वारेन्टाईनमा रहेका नागरिक लगाएतको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको हो ।
उनीहरु अधिकांश भारतबाट आएका नागरिक रहेका थिए । क्वारेन्टाईनमा रहेका ६४ जना, गोलञ्जोर गाउँपालिकाका १ जना र ६ जना पत्रकार गरि ७१ जनाको नमुना संकलन गरि परिक्षणका लागि पठाईएको हो ।
उक्त नमुना प्रादेशिक अस्पताल हेटौडा पठाईएको र स्वाव अस्पतालमा पुगिसकेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।




















