सिन्धुली । दुधौली नगरपालिकाले स्थापना गरेको नगर राहत कोषमा दुधौली तरुण दलका सभापति विश्वास शाही ठकुरीले २० हजार सहयोग गरेका छन ।
उनले कोषको नेपाल बैंक लिमिटेडमा रहेको खातामा उक्त रकम जम्मा गरेका हुन ।
कोरोना भाईरस संक्रमण विरुद्ध उपचार तथा राहतका लागि उक्त रकम जम्मा गरेको नगरपालिकाले जनाएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
























