सिन्धुली । जिल्ला प्रशासनमा सिन्धुलीमा अब चौविसै घण्टा खानेपानीको व्यवस्था भएको छ । सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनसम्पर्क धेरै हुने कार्यालयमा खानेपानीको चौविसै घण्टा व्यवस्था गर्ने नीति अनुसार प्रशासनमा खानेपानी सुविधा दिईएको हो । खानेपानीको फिल्टर सहित चौविस घण्टे खानेपानीको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले उद्घाटन गरे ।

उनले सदरमुकामका विद्यालयहरु, संघसंस्थाहरु, गुम्बा, मन्दिर लगाएतका स्थानहरुमा निवेदन आउन साथ २४ सै घण्टा खानेपानीको सुविधा दिइने श्रेष्ठले बताए ।




















