• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, April 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बैकल्पिक उर्जाले ‘सुधारियो महिलाको जीवन’

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर ५, २०७६
in Featured, Society
0

Share via:

107 Shares
  • Facebook 107
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मरिण गाउँपालिका वडा नं. ७ मैसोताकी सुकुमाया तामाङ (४१) ले सुधारिएको चुलो प्रयोग गर्न थालेको ३ वर्ष भयो । त्यसअघि उनले परम्परागत चुलोमा खाना पकाउँथिन । उनलाई सुधारिएको चुलो प्रयोग गर्न थालेपछि धेरै नै फाईदा भएको छ । पहिलो त पुरानो (परम्परागत) चुलो भन्दा कम धुवाँ आउने हुदा भान्सामा काम गर्न सजिलो भएको छ । रुघाखोकी लाग्ने, आँखा रातो हुने, पाक्ने जस्ता समस्या आउन छोडेका छन । अर्को कुरा दाउराको निक्कै बचत भएको छ ।
भन्छिन, ‘एकभारी दाउराले दुई दिन खान पकाउन पुग्दैनथ्यो, अहिले २ हप्तालाई पुग्छ ।’ उनका अनुसार पहिले जस्तो दाउरा खोज्न जंगल गईरहने चिन्ता पनि कम भएको छ । परम्परागत चुलोमा एक अंगालो दाउराले एक छाक खाना पकाउँदा पनि खान पाक्न ढिलो हुने गरेकोमा सुधारिएको चुलोमा २ वटा दाउराले छिट्टै खाना पकाई सक्छिन ।

मरिण गाउँपालिका ७ की सुकुमाया तामाङ सुधारिएको प्रोटेवल चुलोमा आगो बाल्दै ।

‘हल्का हावा दिएपछि चुलोमा आगो बल्छ’ उनले भनिन ‘आगो पुरै बलेपछि खाना बसाल्दा ५ मिनेटमै पाक्ने गर्छ ।’ धुवाँ कम हुने, भाँडामा कालो नबस्ने, कम खर्चिलो र जता लगेर पनि बाल्न सकिने हुदा यो चुलो मरिणमा प्रभावकारी भएको उनले बताईन ।
उनले ४ हजार ३ सयमा चुलो किनेकी हुन । चुलोमा खाना पकाउन बच्चालाई भने समस्या हुन्छ तर गर्मिको समयमा तातो कम आउने हुदा प्रयोग गर्न सजिलो पनि छ । उनले प्रोटेवल चुलो प्रयोग गर्न थालेपछि ठूला ठूला भोजभतेर बाहेक परम्परागत चुलोको प्रयोग गरेकी छैनन । बरु सिलिण्डर ग्याँसको प्रयोग गर्छिन ।
मरिण गाउँपालिका वडा नं. ४ ठुली दमारकी इन्दिरा रसाईली उक्त वडाकी वडा सदस्य हुन । उनले १७ वर्षदेखि घरमा सोलारको प्रयोग गरेकी छिन । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सोलार सहयोग गरेपछि उनले यसको प्रयोग गरेकी हुन ।
पहिले टुकी र लालटिनको प्रयोग गर्ने उनको परिवारको जीवन सोलार जडान गरेपछि निकै सहज भएको छ । मोवाईल चार्ज गर्न, रेडियो बजाउन, टिभि हेर्न, बत्ति बाल्न सोलारकै प्रयोग हुन्छ । उनी भन्छिन, ‘लालटिन र टुकीको तुलनामा धेरै उज्यालो दिन्छ, राम्रो उज्यालो दिन्छ ।’ उक्त वडामा सोलार प्रयोग गर्ने ३ सय घरधुरीभन्दा बढी छन ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सोलार सहयोग गरेपछि त्यहाँका स्थानीयले सहज रुपमा उज्यालोमा बस्न पाएका छन’ उनले भनिन ।
मरिण गाउँपालिका ७ मैसोताकी गिता (रिता) उप्रेती (३५) गोबरग्याँस ले र सोलार प्रयोग गरेको ७ वर्ष भयो । उनको गोवरग्यासमा विहानको तातोपानी, नुहाउने पानी, खाना, दिउँसो खाजा र बेलुका खाना सबै पाक्छ । हालसम्म मर्मतमा समेत पैसा खर्च गर्नु परेको छैन । ६ घनमिटरको उनको गोबरग्याँसमा शौचालय पनि जोडिएको छ । खाना पकाउन त्यहि ग्याँसले पुग्छ । ‘गोबरग्याँसमा एकपटक लगानी गरेपछि फेरी लगानी गर्नुपर्दैन । धुवा हुदैन, भाँडामा कालो बस्दैन, छिटो खाना पाक्छ’ उप्रेतिले भनिन ।

उनका अनुसार,परम्परागत चुलोमा भन्दा सस्तो पनि हुन्छ । दाउरा किन्ने समस्या पनि हटेको छ । उप्रेति परिवारले वत्ति सोलार नै बाल्छन । सोलारबाटै ३ वटा वत्ति बल्छन । विद्युत लाईन जोडेको भर्खरै हो । तर उनीहरुले उज्यालोमा बस्न पाएको भने ७ वर्ष भईसकेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
गोबरग्याँसमा खाना पकाउँदै मरिण गाउँपालिका ७ मैसोताकी गिता (रिता) उप्रेती .

सुधारिएको चुलोको अर्की प्रयोगकर्ता हुन मरिण गाउँपालिका ७ की रजनी मैनाली । उनले परम्परागत चुलो, कोइले चुलो, सुधारिएको चुलो र गोबरग्याँस सबै प्रयोग गरिन । आगोमा खाना पकाउनका लागि भने उनलाई सुधारिएको चुलो नै ठिक लाग्यो । तिथि श्राद्धमा चोखो खान पनि यो चुलोले सजिलो हुने र सुख्खा रोटी बनाउन पनि सजिलो हुने उनले बताईन ।
स्थानीय बालबालिका, युवायुवति तथा महिलाहरु सामुहिक भोज, वनभोजमा जाँदा पनि उनीहरुले प्रोटेवल चुलो बोकेर जान्छन । सजिलै बोकेर हिड्न सकिने र थोरै दाउरा लाग्ने भएकाले पनि यो चुलो प्रभावकारी बन्दै गएको छ ।
मरिण गाउँपालिका वडा नं. ७ की स्वास्थ्य स्वयम सेविका रमा शाही (५५) ले सुधारिएको चुलो नबाल्ने वा सोलारको प्रयोग नगर्नेलाई सोध खोज गर्छिन । गाउँमा जति चोटी जान्छिन, सुधारिएको चुलोको प्रयोग, यसको फाइदाबारे बुझाउँछिन र प्रयोग नगर्नेलाई गाली समेत गर्छिन । शाहिले ‘सुधारिएको चुलो बाल्दा समय कम लाग्छ, स्वास्थ्य राम्रो हुन्छ’ भनेर सिकाउँछिन ।
सुधारिएको चुलोले महिलाहरुको जीवन निकै सहज भएको उनले बताईन । उनका अनुसार मरिण गाउँपालिकाका महिलाहरुको स्वास्थ्यमा समेत आजभोली सुधार हुदै गएको छ । परम्परागत चुलो प्रयोग गर्दा आँखा पाक्ने, रातो हुने, खोकी लाग्ने, दम बढ्ने जस्ता रोगले सताईएका महिलाहरु आजभोली त्यस्ता समस्या देखाउँदैनन । ‘घरपरिवारको स्वास्थ्य होस वा वातावरणको प्रदुषण, त्यसलाई सुधार गर्न सुधारिएको चुलोले फाईदा पुगेको छ’ उनले भनिन । महिलाहरुमा चुलोको प्रयोगपछि भान्सामा समय कम खर्च भएको छ, स्वास प्रस्वासको समस्यामा कमी आएको छ, उनको बुझाईमा । ‘यो चुलो बाल्दा धुवाँ धुलो हुदैन । स्वच्छ वातावरण बनाउन पनि यसले सहयोग नै गरेको छ’ उनले थपिन ।
शाहि भन्छिन, ‘गर्भवति र सुत्केरी महिलालाई धुवाँ र धुलोबाट जोगाउनुपर्छ । सुधारिएको चुलो र सोलार बाल्न थालेपछि त्यस्ता महिला, बालबालिकालाई पनि फाइदै पुगेको छ ।’
यस्तै गरि बैकल्पिक उर्जामा सोलार, सुधारिएको चुलो, गोवरग्याँसका फाइदाबारे ग्रामीण प्रविधि केन्द्रले सहजीकरण गरिरहेको छ । केन्द्रले महिला शसक्तिकरण कार्यक्रम मार्फत सुधारिएको माटोको चुलो, र प्रोटेवल चुलोको प्रवद्र्धन गर्दै उनीहरुलाई ज्ञान सिपबारे समेत जानकारी दिएको महिला शसक्तिकरण कार्यक्रम मार्फत सुधारिएको चुलो प्रवद्र्धन गरिरहेकी निरु श्रेष्ठले बताईन ।
उनका अनुसार सुत्केरी, गर्भवति, वृद्ध र अपांगता भएका परिवारले सुनौलो हजार दिन कार्यक्रमसँगको सहकार्यमा निःशुल्क चुलो समेत पाएका छन । अन्यले अनुदान र साझेदारी दुवैमा चुलोको प्रयोग गरिरहेका छन ।
हालसम्म मरिण गाउँपालिकामा माटो र प्रोटेवल (फलामको) चुलो गरि १५ सय चुलो वितरण गरिएको पनि श्रेष्ठले बताएकी छिन । मरिण गाउँपालिकाका ३, ४, ६ र ७ नं.वडामा उक्त चुलो पुगेको छ । ती मध्ये केहिले चुलो प्रयोग नगरे पनि लगभग ९५ प्रतिशत परिवारले चुलो प्रयोग गरेको उनले बताईन ।
उनका अनुसारमा मरिण गाउँपालिकाका ७ वटै वडामा सोलारको प्रयोग भएको छ । श्रेष्ठले मरिणमा सतप्रतिशत घरमा सोलारको प्रयोग भएको दावी गरिन । उनका अनुसार गोवरग्याँस प्रयोग गर्नेहरुको एकीन तथ्यांक भने छैन ।
चुलो प्रवद्र्धक श्रेष्ठसँग समन्वय गरि सुनौलो हजार दिन कार्यक्रमले मरिण गाउँपालिकाका ३, ४, ६ र ७ का सुत्केरी गर्भवति, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई सुधारिएको चुलो निशुल्क वितरण गरेको थियो भने अन्यले सुधारिएको चुलो किनेर प्रयोग गरेका छन ।धुवा र धुलोका कारण महिलाको स्वास्थ र बालबालिकाको स्वास्थ्यमा प्रभाव पर्ने भएकाले सुधारिएको चुलो वितरण गरिएको सुनौलो हजार दिन कार्यक्रमका प्रमोटर नवराज थापाले बताए । उनका अनुसार वडा नं. ४ मा मात्रै १२४ जना महिलालाई उक्त चुलो सहयोग गरिएको थियो ।
यस्तै ग्रामीण प्रविधि केन्द्रको महिला शसक्तिकरण कार्यक्रमका व्यवसाय विकास संयोजक फर्स टन्डनले समुदायको आवश्यकताको प्रविधिसँगै उनीहरुलाई जनचेतना समेत भयो भने मात्र त्यसको उपयोगिता हुने बताए । उनले अनुदानलाई निरुत्साहित गर्दै अपनत्व हुने गरि सहजीकरण गरिएकाले चुलो प्रयोग प्रभावकारी बनेको बताए ।

(यो फिचर नेपाल वातावरण पत्रकार समूहको फेलोसिपको लागि तयार गरिएको हो ।)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका स्रष्टाले भने ‘लिपुलेक र कालापानी हाम्रो हो’

Next Post

बैकल्पिक उर्जाको फाइदा महिला, बालबालिकालाई हुन्छ

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied