सिन्धुली । सिन्ध्ुलीको दुधौलीमा मंगलबार अटो दुर्घटना हुदा भएको छ । दुधौली नगरपालिका वडा नं. १० को लखि पुल नजिकै अन टेष्ट अटो पल्टिदा ३ जना घाइते भएका छन । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ भने एक जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुधौली बजारबाट डकाहा बजारतर्फ यात्रु लिएरका आएको अटो विपरित दिशाबाट आएको मोटरसाईकललाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बताए ।
चालक सहित ४ जना सवार अटोमा चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अटोमा सवार जिल्लाको दुधौली नगरपालिका वडा नं. ९ का ४९ वर्षिय नृपराज भट्टराई(लक्ष्मण) र सोहि नगरपालिका वडा नं. ९ बस्ने ६४ वर्षिय रेवन्त श्रेष्ठ गम्भिर घाईते भएका छन् ।
भट्टराईको दाहिने हात भाँचिनुका साथै निधार र अनुहारमा चोट लागेको छ भने श्रेष्ठको दुबै हात भाँचिएको छ । अटोमा सवार अर्का दुधौली नगरपालिका ९ बस्ने वेते सार्की सामान्य घाईते भएका छन् ।
घाइते भट्टराई र श्रेष्ठलाई ह्याण्ड्स अस्पताल दुधौलीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ लगिएको थापाले बताए । अर्का घाइते सार्की सामान्य उपचारपछि घर फर्केका छन ।





















