
राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा उक्त विरुवा रोपिएको हो । कमलामाई नगरपालिका प्रमुख खड्ग खत्री, उपप्रमुख मञ्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, विभिन्न कार्यालयका प्रमुखहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, सामुदायिक वन उपभोक्ता समूह, शिक्षक तथा वनविज्ञान तर्फका विद्यार्थीहरूको सहभागितामा विद्यालय हाताभित्र आँप, लिच्ची, अनार, अम्बा र कागती फलफूलका विरुवा वृक्षारोपण गरिएको हो ।




















