• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कमलामाई नगरपालिकाको नीति तथा कार्यक्रम, दुई छोरीमात्र जन्माउने दम्पतीलाई पुरस्कृत गरिने

बिमला पाण्डे by बिमला पाण्डे
असार ९, २०७६
in Business, Featured
0

Share via:

1.1K Share
  • Facebook 1.1K
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली /कमलामाई नगरपालिका सिन्धुलीले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सोमबार सिन्धुलीमाढीमा सार्वजनिक गरेको छ । उक्त नीति तथा कार्यक्रममा नगरपालिकाले दुई छोरी मात्र जन्माउने नगरभित्रका दम्पत्तिलाई पुरस्कृत गर्ने भएको छ । छोरी जन्मेकै वा जन्माएकै कारण गरिने उपेक्षालाई हटाउनका लागि उक्त कार्यक्रम ल्याएको कमलामाई नगरपालिकाले जनाएको छ ।
यस्तै कमलामाई नगरपालिका भित्रका सबै संरचनामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गरिने कार्यक्रम नगरपालिकाले लिएको छ । हिंसामा परेका महिलाहरुको सुरक्षाका लागि सेभ हाउसको व्यवस्था गरिने पनि उक्त नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्था र सुत्केरी भएका महिलालाई घर लानका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ भने महिलाद्वारा सञ्चालित कृषि, घरेलु, लघु उद्यम, पर्यटन तथा अन्य व्यवसायमा विशेष कर छुटको व्यवस्था गरिने नीति कमलामाई नगरपालिकाले लिएको छ ।
सोमबारदेखि सुरु भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले नगर क्षेत्रभित्र बालविवाह न्युनिकरणका लागि आवश्यक नीति बनाएर काम गर्ने उल्लेख गरेका छन । बालहिंसा, बालश्रम र बालविवाह विरुद्ध आवश्यक नीति बनाईन उक्त कार्यक्रममा उल्लेख गरेका हुन ।
अनलाईनबाट कर संकलन
कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक वर्षबाट सबै वडामा अनलाईन सेवा सुरु गर्ने भएको छ । अनलाईन प्रणालीलाई व्यवस्थित गरि कर संकलन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै राजस्वमा दायरा वृद्धि गरिने, सबै वडा कार्यालय तथा नगरपालिकाका मातहतका कार्यालयमा वडापत्र राखिने व्यवस्था गरिने नगरपालिकाले नीति लिएको छ ।
सबै विद्यालय प्रविधिमैत्री
नगरका सबै विद्यालय प्र्रविधिमैत्री बनाईने नगरपालिकाले नीति लिएको छ । नगरका सबै माध्यामिक विद्यालयमा दु्रत गतिको इन्टरनेट सुविधा र सेवा सुविधा प्रविधीमैत्री बनाउने नगरको नयाँ नीति छ । यस्तै शैक्षिक सुधारका लागि प्रत्येक वडालाई शैक्षिक हवका रुपमा विकास गर्ने नीति लिएको छ । यस्तै अवको २ वर्षभित्रमा भुकम्पले भत्काएका विद्यालय भवनको पुनःनिर्माण गरिने भएको छ ।
‘विद्यार्थी ल्याउँ, टिकाउँ र सिकाउँ’को नीतिलाई अवलम्बन गरिने छ भने कमलामाई नगरपालिकामा सूचिकृत मजदुरका छोराछोरीको तथ्यांक संकलन गरि आवश्यक शैक्षिक सहयोगको व्यवस्था गर्ने नगरको नीति रहेको छ ।
स्वास्थ्य
सबै वडामा शहरी स्वास्थ्य क्लिनिक र वर्थिङ सेन्टरको व्यवस्था गर्ने, नगर क्षेत्रका स्वास्थ्य संस्थामा निशुल्क औषधि र आवश्यक उपकरणको व्यवस्था गरिने, सबै वडामा निशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिने, मोतिया विन्दु र पाठेघरका रोगीको निशुल्क अप्रेशनको व्यवस्था गर्ने, औषधि पसल तथा नीजि क्लिनिकको नियमित अनुगमन गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको छ ।
सडक
नगरभित्रका सबै वडामा मोटरबाटो पु¥याइने, नगरभित्रका सडकको प्राथमिकताका आधारमा कालोपत्रे गरिने, स्थानीय, ग्रामीण र कृषि सडक स्तरोन्नती गरिने, नगरभित्रका सडकको नियमित मर्मत गरिने, नाला सहितको सडक व्यवस्थापन, विभिन्न सडकको डिपिआर निर्माण लगाएतका काम नगरपालिकाले प्राथमिकतामा राखेको छ ।
एक वडा एक खेल मैदान
कमलामाई नगरपालिकाले आगामी वर्षमा एक वडा एक खेल मैदानको व्यवस्था गर्ने भएको छ । सोमबार सार्वजनिक नीति तथा कार्यक्रममा नगर क्षेत्रका खेल मैदानलाई व्यवस्थित गरिने र हरेक वडामा एक खेल मैदानको व्यवस्था गर्ने उल्लेख गरिएको हो । त्यस्तै नगरपालिकाले नगरभित्र विभिन्न खेल प्रतियोगितालाई निरन्तरता दिने भएको छ । यस्तै जिल्लामा रहेका राष्ट्रिय खेलाडीहरुलाई सम्मान प्रात्साहन हुने कार्यक्रम पनि ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिउको छ ।
तीनवर्ष भित्र खानेपानी
नगरपालिकाले ३ वर्षभित्र नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने भएको छ । खानेपानीको गुरुयोजना बनाई नगरवासीलाई खानेपानीको पहुँचमा पु¥याइने भएको हो । यस्तै सिंचाई, सडकको गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने भएको छ ।
यस्तै नगरपालिकाले भु–उपयोग नीति बनाई जमिनको व्यवस्थापन, खरले छाएका घरको अन्त्य, सिन्धुलीगढी र नगरक्षेत्रका कमलामाई, कालीमाई, सिद्धवावा, भद्रकाली लगाएतका धार्मिक स्थलको भौतिक विकास गरि पर्यटनलाई प्राथमिकता दिने, पर्यटनलाई मध्यनजर गरि आसपासका क्षेत्रमा रिसोर्ट सञ्चालन गर्न सहजीकरण गर्ने कार्यक्रम ल्याएको छ ।
सञ्चार
एकसय वाट सम्मको रेडियो दर्ताका लागि काम अगाडि बढाउने, स्थानीय सञ्चारमाध्यमलाई व्यवस्थित र उत्तरदायी बनाउन पहल गर्ने नीति पनि नगरपालिकाले लिएको छ । यस्तै विद्युतिय अभिलेखिीकरण, सूचनालाई व्यवस्थित गर्ने पनि नगरपालिकाले नीति लिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

अरे ! केहि त बोल

Next Post

कार दुर्घटनामा दुईको मृत्यु

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied