सिन्धुली/नेपाल रेडक्रस सिन्धुली जिल्ला शाखाले बारा जिल्लाका हावाहुरी प्रभावितहरुलाई रेडक्रसको वारा शाखा मार्फत आर्थिक सहयोग गरेको छ । रेडक्रस सिन्धुलीले बारामा पुगेर २ लाख पचहत्तर हजार सहयोग रकम हस्तान्तरण गरेको हो ।
सिन्धुलीका सभापति अशोक श्रेष्ठ सहित बारा पुगेको टोलीले बाराका सभापति राजेन्द्र बहादुर खड्कालाई सहयोग रकम हस्तान्तरण गरेको छ । सहयोग रकमको चेक सिन्धुलीका सभापति श्रेष्ठले बारा सभापति खड्कालाई हस्तान्तरण गरेका हुन ।

उक्त सहयोग रकम नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र जिल्ला स्थित विभिन्न उपशाखाहरुबाट उठाइएको श्रेष्ठले बताए । सहयोग रकम हस्तान्तरण पछि सिन्धुली शाखाका सभापति श्रेष्ठले विज्ञप्ती जारी गर्दै बाराका हावाहुरी प्रभावितहरुलाई तत्काल मानवीय सेवा प्रवाह गर्न सबै निकायलाई सहयोग र सहकार्यका लागि अनुरोध समेत गरेका छन ।




















