सिन्धुली । जिल्लामा पहिलो पटक मिस्टर सिन्धुली वडी विल्डिङ प्रतियोगिता हुने भएको छ । २०७६ बैशाख १४ गते सिन्धुलीमाढीमा उक्त प्रतियोगिताको आयोजना गरिने भएको हो । न्यू सिन्धुली फिजिकल फिटनेस एण्ड जिम सेन्टरको आयोजनामा उक्त प्रतियोगिता हुने भएको सेन्टरका प्रोपाईटर खेम बहादुर आलेले बताए ।

प्रतियोगितामा १८ जना जिल्लाका युवाहरुले सहभागिता जनाउने आलेले बताए । प्रतियोगितामा ४ लाख ८१ ह्जार खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी हुनेहरुलाई १ लाख ५० हजार रुपैया बराबरको पुरस्कार वितरण गरिने पनि आलेले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्नको लागी शुक्रवार सरोकारवाला निकायसँग सेन्टरले छलफल गरेको छ ।




















