रविन्द्र भट्टराई
सिन्धुली । जिल्लाको दुधौली नगरपालिकाको वडा नं. १४ को ककुरठाकुरमा नगर स्तरी मेयर कप भलिवल प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने नाराका साथ दुधौली नगरपालिकाको आयोजना र ककुर विकास युवा समाजको समन्वयमा भलिवल सुरु भएको हो ।
दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत र पुर्व सांसद गंगा प्रसाद नेपालले भलिबल खेलको संयुक्त उद्घााटन गरेका छन । उद्घाटन खेलमा दुधौली नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी बीच खेल भएको छ । उक्त खेलमा जनप्रतिनिधिहरुले कर्मचारीहरुलाई हराएका छन । जनप्रतिनिधिहरुले २३ अंक ल्याएका थिए भने कर्मचारीहरुले २२ अंक ल्याएका थिए ।
चैत्र २ गतेसम्म चल्ने खेलमा दुधौली नगरपालिकाको १४ वटै वडाका टिम सहभागी हुनेछन । प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद २२ हजारका साथमा ट्रफी मेडल र प्रमाण पत्र यसैगरी तेस्रो हुनेले १५ हजार नगद सहिद ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरिनेछ ।





















