सिन्धुली, १ चैत्र । पौडी खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर सुनकोशी गाउपालिका ७ कानढुङग्रेमा शुक्रवार एक जनाको मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा डुबेर सुनकोशी गाउपालिका ६ खाल्टेका १७ वर्र्षिय सन्दिप आछामीको मृत्यु भएको हो ।
डुबेर गम्भिर घाईते भएका आछामीलाई ईलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारका लागी पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले बताए ।




















