सिन्धुली । मरिण गाउँपालिकाले वित्तिय सुशासनमा देशभरमा उत्कृष्ट पालिका भएसँगै ग्यालेक्सी एक्सिलेन्सी अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार सिजन ३ को विजेता बनेको गाउँपालिका अवार्डबाट पालिका सम्मानित भएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानर्ले औपचारिक कार्यक्रमका बीच अवार्ड ग्रहण गरेका छन ।
गाउँपालिकालाई वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७.५ सर्वोउत्कृष्ट अङ्क प्राप्त गरी न्यून वित्तीय जोखिम कायम गरेको र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९४.७५ सर्वोउत्कृष्ट अंक प्राप्त गरी सुशासन मैत्री गुणस्तरीय सेवा प्रवाह गरेको भन्दै देश भरका गाउँपालिकामध्येबाट उत्कृष्ट पालिकााका रुपमा सम्मान गरिएको हो ।
मरिण गाउँपालिकामा २०७४ सालको निर्वाचनमा मरिण ३ को वडा अध्यक्ष हुँदै २०७९ मा मरिण गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका मोक्तान जिल्लाका नौ स्थानीय तहमध्येका कान्छा पालिका प्रमुख समेत हुन ।






















