सिन्धुली,२०मंसिर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ,सिन्धुलीलाई कार्यसम्पादन मूल्याङ्कनका आधामा बागमती प्रदेश भरिमा तृतिय हुन सफल भएको छ ।
बागमति प्रदेश स्तरिय बार्षिक समिक्षा तथा प्रस्तुतिकरण कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले तृतिय स्थान हासिल गरेको कार्यालयका सूचना अधिकारी तथा कविराज दिपक तिमल्सिनाले बताए ।
सेवा प्रवाह र सूचाङ्ककको आधारमा तृतिय स्थान हासिल गरेको तिमल्सिनाले बताए । जिल्ला आयुर्वेद कार्यालयलाई यो स्थानमा पुर्याउन प्रत्यक्ष,अप्रत्यक्ष रूपमा सहयोग सम्पूणर् आमा बुवा,दाजुभाई,दिदी बहिनी, माननीय ज्यू, पत्रकार ज्यू , मन्त्रालयका जिम्मेवार पदाधिकारी लगायत सम्पूणर् जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली कृतज्ञ छ, तिमल्सिनाले भने ।
आगामी दिनमा अझै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रदेशकै नमुना र प्रथम बनाउने आफुहरु लागी पर्ने र सवैको साथ सहयोग पाएमा सफल्ता हात पर्ने उनले बताए ।





















