सिन्धुली । बुधबार राती आफ्नै छोराले बाबुलाई रडले हानेर हत्या गरेका छन । हरिहरपुरगढी गाउँपालिका १ शिखरडाँडाका ३२ वर्षिय दावा घिसिङले ७२ वर्षीय बाबु बुद्धिमान घिसिङको रडले टाउकोमा हानेर हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले दावाले आफ्नै बाबुको फलामको रडले टाउकोमा प्रहार गरि हत्या गरेको बताए ।
मदिरा सेवन गरेका दावाले छोरालाई कुटपिट गर्न खोजेपछि बुद्धिमानले नातीलाई कुट्न नदिदा बाबुलाई रडले प्रहहार गरेको परिवारले जनाएको डिएसपी डाहालले बताए ।
बाबुको हत्या गरि फरार भएका दावालाई विहिबार दिउँसो इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले सर्लाहिको बाग्मति नगरपालिका ११ र चन्द्रनिगाहापुर नगरपालिका १ रौतहटको सिमानामा पर्ने नुनथर ड्यामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृतक बुद्धिमानको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा लगिएको प्रहरीले जनाएको छ ।




















