
- कृष्ण मोक्तान
तिम्रा लागि थाप्ने काध खायौं
कार्यकर्ताहरुको साथ खायौं
सोझा गाउलेको राहत खायौं
युवाको थिलथिलिएको आहत खायौं
बुझ पटमुर्ख बुरुक्क नउफ्र
हे मनुवा अब त सुध्र!
उपभोक्ता बन्यौ नाम कमायौ
निरीह बन्यौ दाम कमायौ
रोपनी बिघा माम कमायौ
तरपनी किन बदनाम कमायौ?
कार्यकर्ता माझ जहिल्यै क्षुद्र
हे मनुवा अब त सुध्र!
कार्यकर्ता बेरोजगार तिमी व्यवसायी
बोर्डिङ नाफा स्कुल धरासायी?
उद्योग धन्दा कलकारखाना मालिक
हामी युवा बन्नुपर्ने सालिक?
जाउ देखा नपर फाइदातिरै थुप्र
हे मनुवा अब त सुध्र!
नौटङ्की नाटक दङ्ग्याउन अगाडि सुध्र
अकुत धन बङ्ग्याउन अगाडि सुध्र
तिम्रा काला कर्तुतहरु
टोल टोलबाट नङ्ग्याउन अगाडि सुध्र
अन्तिम पटक भन्दैछु नहोउ अब उग्र
हे मनुवा अब त सुध्र!




















