सिन्धुली । कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार स्टेशनरी वितरण गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली जिल्ला कार्य समिति महिला विभागले स्टेशनरी वितरण गरेको हो ।
संगठनका उपाध्यक्ष अभिलाषा कोइरालाको अध्यक्षता एवम् संगठनका राष्ट्रिय समिती सदस्य पुरुषोत्तम पहाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १० दर्जन कपी र ६० वटा पेन वितरण गरिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाद फुयाँल, नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली जिल्ला कार्य समितिका अध्यक्ष हरि प्रसाद पोखरेल, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णहरि घिमिरे, पेशागत महासंघका सचिव गुणविक्रम कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका सचिव रमेश कार्की, कमला जनज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर गुरुङ लगाएतको सहभागिता रहेको थियो ।





















