सिन्धुली । हायसले ठक्कर दिँदा विहिबार सिन्धुलीमा ९ वर्षिय बालिकाको मृत्यु भएको छ । बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ माझिटारमा सडक पार गर्ने क्रममा हायसले ठक्कर दिदा तिनपाटन गाउँपालिका ११ की ९ बर्षिया ममता पाख्रिनको मृत्यु भएको हो ।
बालिकाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । बालिकाको टाउको, हात, खुट्टामा गम्भिर चोट लागेको र थप उपचारको लागि हेलिकप्टर मार्फत काठमान्डौँ लैजाने तयारी गदैैँ गर्दा मृत्यु भएको सिन्धुली अस्पतालले जनाउको छ ।
तिनपाटनबाट काठमान्डौँ जाने क्रममा गाडी बिग्रिएर बनाउँदै गर्दा बालिका गाडिबाट ओर्लिएर पानी किन्नको लागि सडक काट्न लाग्दा काठमान्डौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ४ ख ६२७३ नम्बरको हाइयसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले बताए ।
ठक्कर दिने हायस प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार भएको डिएसपी दाहालले बताए ।





















