सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिकाले सवारी साधनको दर्ता गर्ने र शूल्क उठाउन गरेको निणर्य प्रति नेकपा एमाले सुनकोशि गाउँपालकाले आपत्ती जनाएको छ ।
गाउँपालिकाले दुई पाङग्रे मोटरसाईकल दर्ताको लागी २० रुपैया,तीन पाङग्रे ५० रुपैया,जीप भ्यानको २५०, मिनिबसहरुको १ हजार रुपैया र ठुला बस ट्रकको १ हजार ५ सय रुपैया दर्ता शुल्क लिने निणर्य सहित दर्ताको लागी आब्हान गरेको प्रति नेकपा एमाले सुनकोशि गाउँकमिटिले आपत्ती जनाएको हो ।
पालिकाले जनतामारा निणर्य गरेको भन्दै नेकपा एमालेले आपत्तीजनाएको विज्ञप्तीमा भनिएको छ । नेकपा एमाले सुनकोशि गाउँकमिटिका अध्यक्ष रोमनराज गीरिद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता जनता मारा निणर्यको डटेर आ-आफ्नो स्थानबाट विरोध गर्न भनिएकोछ ।





















