सिन्धुली । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका श्याम कुमार घिमिरे निर्वाचित भएका छन ।
घिमिरेले नेकपा एमालेका प्रदीप कुमार कटुवाल क्षेत्रीलाई ४ हजार ८४५ मतअन्तरले पछि पार्दै निर्वाचित भएका हुन ।
घिमिरेले ३० हजार ३९१ मत प्राप्त गरेका छन भने कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका छन ।
यस्तै घिमिरे सत्ता पक्षीय गठबन्धनका तर्फबाट उमेदवार थिए भने एमालेका कटुवाल एमालेका तर्फबाट एकल प्रतिस्पर्धामा रहेका थिए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले तेस्रो स्थानको मत पाएकी छिन । उनले २ हजार ६ सय ९२ मत प्राप्त गरेकी छिन ।
यस्तै सिन्धुली प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १(१) बाट नेकपा (माओवादी केन्द्र) का मातृका भट्टराई विजयी भएका छन । उनले नेकपा एमालेका सुवास देवकोटालाई पराजित गरेका छन ।
यस्तै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १(२)मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका छन । उनले नेकपा एमालेका रामकुमार कार्कीलाई पराजित गरेका हुन ।





















