सिन्धुली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) सिन्धुलीमा आउने भएका छन । नेकपा एमाले सिन्धुली क्षेत्र नम्वर १ ले आयोनजा गरेको चुनावी सभालाई सम्बोधन गर्न उनी सिन्धुली आउन लागेका हुन ।
दुधौली नगरपालिकामा हुने कार्यक्रममा सहभागी हुन ओली सिन्धुली आउन लागेका हुन । ओलीले दुधौली नगरपालिका ९ मा पर्ने दुधौली बजारको खेल मैदानमा आयोजना गरिएको बृहत् चुनावी जनसभालाई सम्बोधन गर्ने सिन्धुली क्षेत्र नम्वर १ का नेकपा एमाले प्रतिनिधीसभाका उमेदवार प्रदिप कटुवालले बताए ।
बृहत् चुनावी जनसभाको आवश्यक तयारी पुरा भएको क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटि, प्रचार प्रसार समितिका संयोजक खेटराज अधिकारीले जानकारी दिए । जिल्लाको दुधौलीमा श्रद्धेय एमाले अध्यक्ष केपी ओलीको सम्बोधन रहने कार्यक्रममा नेकपा एमालेका सदस्य, नेता, कार्यकर्ता, शुभेच्छुक लगायत सबैलाई कार्यक्रममा सहभागी भई दिन उनले आग्रह गरे ।





















