सिन्धुली । मरिण गाउँपालिका वडा नं. १ को मत गणना सकिएको छ । मतपरिणाम अनुसार नेकपा माओवादी (केन्द्र) का हिरा बहादुर गुर्माछाने वडा अध्यक्षमा विजयी भएका छन ।
कुल एक हजार १८ मत खसेकोमा अध्यक्षमा ५ सय ६ मत सहित विजयी भएका हुन । उनले नेकपा एमालेका उमेदवार गोपिलाल लामिछानेलाई पराजित गरेका हुन । लामिछानेले ३ सय ८ मत प्राप्त गरेका छन ।अध्यक्ष सहित उक्त वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।
यस्तै गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेदवार विमर्श मोक्तानले लिड गरेका छन । उनले ५ सय ५५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उमेदवार गोविन्दलाल माझीले ४ सय ३१ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका बिमला माझीले अग्रस्थान हासिल गरेकी छिन । उनले ५ सय ३२ मत प्राप्त गरेकी छिन । उनकी प्रतिद्वन्द्वी छलिमाया मगरले १२ मत प्राप्त गरेकी छिन ।





















