• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, May 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

बेरुजु शुन्य पार्ने अभियानमा छौं

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ३०, २०७७
in Business, Featured, Interview
0

Share via:

81 Shares
  • Facebook 81
  • Twitter
  • LinkedIn
  • More

स्थानीय तहमा बेरुजु बढ्दै छ । नागरिकका तर्फबाट स्थानीय तहमा अनियमितता रहेको आरोप लागि रहेको छ । बजेट पारदर्शी बनाउन, बिशेष गरि कोरोना भाईरस रोकथाममा स्थानीय तहहरुको भूमिका र खर्चका बारेमा पनि बारम्बार प्रश्न उठिरहेका छन । स्थानीय तहका काममा पारदर्शिता कायम गर्नु र उनीहरुलाई सजक बनाउने क्रममा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीसँग सम्पादक बिमला पाण्डेले बजेट, विकास निर्माण, बेरुजु, वेरुजु फस्र्यौट र कोरोना नियन्त्रणमा भएका प्रयास तथा खर्चका बारेमा गरिएको कुराकानी जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

– कमलामाई नगरपालिकाको गत वर्षको बजेट कति हो ?
कमलामाई नगरपालिकाको गत वर्षको बजेट १ अर्व ६ करोडको हाराहारीमा थियो ।
– नगरपालिकाको चालु आर्थिक वर्षको बजेट कति छ ?
यो वर्ष कमलामाई नगरपालिकाले एक अर्ब १६ करोड ४७ लाख १२ हजार ६ सय ६० रुपैंया बजेट विनियोजन गरेको छ ।
– पूँजीगत र चालु खर्चको अवस्था (आव २०७६÷०७७ मा) के छ ?
पूजीगत र चालु खर्चको अवस्था हेर्दा कमलामाई नगरपालिकाको बजेट विकास निर्माणमा बढी खर्च भएको छ ।
– गत वर्ष भएका महत्वपूर्ण विकास निर्माणका कामहरु के थिए ?
गत वर्षको महत्वपूर्ण काम भनेको पहिलो कुरो त सिन्धुलीगढीमा युद्ध संग्राहालय निर्माणको लागि नेपाली सेनाद्वारा साढे चार करोडको टेन्डर भएकोमा सो को निर्माणको काम भईरहेको छ । दोस्रो कुरा हामीले ‘नगरवासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना’ भन्ने नाराका साथ नगरपालिकामा गएको वर्षको बजेटबाट विद्युतका सामग्रीहरु खरिद गरेका छौं । दशैं अगाडी नै बिै जसो ठाउँमा बत्ति बाल्ने काम सम्पन्न गर्छौं । अर्को भनेको नगरपालिकाले गएको वर्ष खर परालको छानो अन्त्य गर्न बजेट छुट्याएको थियो । जस्ता खरिद भईसकेको छ । वर्षाको कारणले काम हुन सकेको छैन । हिउँद लागेपछि त्यो काम पुरा गर्छौं । तेस्रो पाटो भनेको सडक पिच गर्ने काम हो । यो वर्ष पनि त्यो काम निरन्तर भईरहेको छ । पोहोरको बजेटलाई बिचमा लकडाउन तथा कोभिड १९ को कारणले धेरै सडकहरु अधुरा रहेका छन ती काम यो वर्ष पुरा हुदैछन । यसैगरि हामीले कमलामई नगरपालिकाको तर्फबाट गएको साल हामीले चार वटा स्वास्थ्य केन्द्रहरु बन्ने काम अगाडि बढेका छन । ती मध्ये दुई वटा स्वास्थ्य केन्द्रका भवन सम्पन्न भईसकेका छन भने २ वटा निर्माणाधिन अवस्थामा छन । यसैगरि पर्यटनको क्षेत्रमा हेर्दा सिन्धुलीगढी लगाएत कमलामाई मन्दिर परिसरमा पिकनिक स्पोर्टको निर्माणका लागि बजेट छुट्याएका थियौं । जुन लकडाउनका कारणले अगाडि बढाउन सकिएको छैन । आजाद स्मृति पार्क निर्माणका लागि टेन्डर गरिएको थियो जो काम अगाडि बढीसकेको छ । यसरी हेर्दा गत वर्षका बजेटमा पूर्वाधार यी भए भने शिक्षाको क्षेत्रमा हामीले वाल कक्षा नभएका विद्यालयमा बालकक्षा सञ्चालन गरियो, मावि निमावि स्कुलहरुमा दरबन्दी नभएको स्थानका दरबन्दीको व्यवस्था गरिएको छ । यस्तै विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि कम्प्युटर, आइटिको व्यवस्थापन र पुस्तकालयको व्यवस्था गरिएको छ । स्वास्थ्यका क्षेत्रमा सबै वडामा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक पु¥याउने काम भएको छ । कमलामाई नगरपालिकाले गरेका मुख्य काम यीनै हुन । यस्तै हामीले खानेपानीको व्यवस्थापनमा पनि जोड दिएका छौं । खानेपानी लिन जानका लागि नगरबासीलाई आधा घण्टा भन्दा बढीको दुरी कायम नहोस भन्ने उद्देश्यले काम भएको छ । यो साल सबै स्थानमा खानेपानीको व्यवस्थापन गरिसक्छौं ।
– बजेटको मुख्य श्रोत के हो ?
स्थानीय रुपमा संकलन हुने कर नै नगरपालिकाको मुख्य आय श्रोत हो । संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त पूँजीगत र चालुगत रुपमा आउने सशर्त र विशेष बजेट पनि नगरपालिकाको विकास बजेटको श्रोत हो ।
– कर संकलनको अवस्था के छ ?
लकडाउनको कारणले गर्दा तोकेको लक्ष्यमा त पुग्न सकेनौं तर पनि सन्तोष जनक कर उठेको छ । अहिले हामीले चार करोड भन्दा माथि कर संकलन गरेका छौं ।
– तपाईको नगरपालिकामा बेरुजु र बेरुजु फस्र्यौटको अवस्था के छ ?
बेरुजुको अवस्था पहिलेको तुलनामा कम छ र धेरै फस्र्यौट गरेका छौं । हामीसँग थोरै मात्र बेरुजु उठ्न बाँकी रहेको छ । अहिले ३ वर्षको बेरुजु उठ्न चार करोड ७१ लाख ७५ हजार ८ सय ३२ रुपैंया रहेको छ । यसमध्ये २ करोड ८१ लख ८४ हजार १७५ रुपैंया बेरुजु फस्र्यौट भईसकेको छ ।
– बेरुजु फस्र्यौटमा प्रमुख प्रशासकीय अधिकृत लगाएत नगरको टिमले के भूमिका निभाउनु भएको छ ?
प्रमुख प्रशासकीय अधिकृत, नगरको टिम, लेखा शाखा सबै लागेर नगरपालिकामा बेरुजुलाई शुन्य पार्नुपर्छ भन्ने अभियानमा छौं । हामीसँग रहेका बेरुजुलाई असुल उपर गर्नुपर्छ र उपभोक्ता समिति वा जो कोहिमा भए पनि असुल उपर गर्ने अभियानमा छौं हामी । कार्यालय भित्र भएमा त झन तुरुन्तै असुल उपर गर्छौं ।
– बजेट विनियोजन, स्वीकृति, खर्च प्रतिवेदन, वेरुजु फस्र्यौटको व्यवस्था एउटै पदाधिकारीबाट सम्पादन हुदा स्वार्थ बाझिन सक्ने अवस्था आउन नदिन के कस्तो कानुनी तथा संस्थागत व्यवस्था मिलाईएको छ ?
कानुनी रुपमा भन्दा नेपाल सरकारले तोकेकै नियम हो । हाम्रो स्थानीय तहमा भन्दा बेरुजु जसको नाममा छ कुनै पनि गतिविधि गर्दा बेरुजु असुल उपर नगरेसम्म त्यस्ता गतिविधिमा संलग्न गराईने छैन । जस्तो उपभोक्ता समितिमा बसेको व्यक्ति छ भने पुनः उपभोक्ता समितिमा बस्न दिईने छैन, कर्मचारी वा कसैको नाममा बेरुजु छ भने तुरुन्तै असुल गराईने छ । सायद कमलामाई नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको बेरुजु रहेको अवस्था पनि छैन ।
– कोभिड १९ ले विकास निर्माण तथा बजेटमा के प्रभाव पारेको छ ?
कोभिडले पूर्वाधारको बजेटलाई धेरै असर गरेको छैन । सांसद विकास कोषको समयमा खर्च नभएको केहि रकम कोभिड कोषमा हालिएको छ । स्थानीय रुपमा संकलन भएको रकम खर्च गरेका छौं । कोभिडले विकासमा प्रभाव त पारेको छ । सकभर विकासको बजेट कोभिडमा खर्च गरेका छैनौं । लकडाउनका कारण असार मसान्तमा काम सकिनुपर्ने ठेक्काका काम समयमा सकिएनन । अर्को पशु बधशाला बनाउने काम गर्न सकेनौं । फोहोर मैला व्यवस्थापनमा मेसिन ल्याई उद्योग चलाउने योजनाको काम हुन सकेन । केहि गरिहाल्नुपर्ने काममा प्रभाव पारेको छ । हामीलाई कोभिड १९ ले समस्या निम्त्यायो । त्यसलाई चालु वर्षमा परिपूर्ति गर्न लाग्नुपर्छ । कमलामाई नगरपालिकामा ३० प्रतिशत विकास निर्माणका काममा असर गरेको छ ।
– कोभिड १९ नियन्त्रणमा के के काम भएका छन ?
कोभिड १९ नियन्त्रणमा नीतिगत रुपमा नेपाल सरकारले नि ग¥यो र हामीले पनि लकडाउन ग¥यौं । र कोभिड १९ नियन्त्रणका लागि आह्वान ग¥यौं । सबैभन्दा पहिले कमलामाई नगरपालिकाले यो सदरमुकाममा आइसोलेसन वेड निर्माणको लागि सिन्धुली अस्पताललाई मनिटर दियो । व्लड चेक गर्नका लागि मेसिन दियो । विभिन्न चरणमा हामीले पिपिई सेट, मास्क, सेनिटाईजर उपलब्ध गराउँदै गएका छौं । क्वारेन्टाईन पनि कमलामाई नगरपालिकाले व्यवस्थित ढंगले क्वारेन्टाईन निर्माण ग¥यो । सकभर पायक पर्ने ठाउँ जतिमा विदेशबाट आएका र हाम्रो नजरमा परेका मान्छेलाई क्वारेन्टाईनमा राखेर, परिक्षण गरेर मात्र घर पठाएका छौं । कुनै पनि बेला बाहिरबाट आउने मान्छेलाई स्वाव परिक्षण गर्न सामग्री छैन भनेका छैनौं । उनीहरुलाई क्वारेन्टाईन राख्न व्यवस्था गर्न सक्दैनौं भनेका छैनौं । क्वारेन्टाईनमा राखिएका मान्छेलाई खान लगाएतको व्यवस्थापन गरेका छौं । यो कोभिड १९ नियन्त्रणमा स्वास्थ्य क्षेत्रमा गरेको काम हो । सँगसँगै लकडाउन लाग्यो चैतमा । नगरवासीलाई चैत, बैशाख र जेठमा भाँडामा चामल हाल्न समस्या हुने समय हो । यो अवधिमा नगरपालिकाले पीडित, खाद्यान्न अभाव भएका व्यक्तिहरुलाई राहत बाँड्यो । जुन राहत ८ हजार बढी व्यक्तिलाई राहत बाँड्यो । सँगसँगै सामाजिक सुरक्षा भत्ता पनि २, २ महिना गरेर २ चोटी बाँडेका छौंं । सामाजिक सुरक्षा भत्ता पाउनेलाई अग्रिम भत्ता दिएर होस, तलब दिनेलाई समयमा तलब दिएर होस । राहत वितरण गरेर होस जनतालाई परेको समस्यामा कमलामाई नगरपालिकाले राहत दिने काम गरेको छ । स्वास्थ्य सामग्रीको पनि कुनै कमी गराएको छैन । जुन बेलामा पिपिई सेट, थर्मल गन, मास्क नपाईरहेको अवस्था थियो त्यो बेलामा पनि आफ्नो बुता र दमले भ्याएसम्म स्वास्थ्य संस्थाहरु, सुरक्षा निकाय तथा अन्य सरोकारवालालाई समेत व्यवस्थापन ग¥यो ।
– कोभिड १९ नियन्त्रण तथा रोकथाममा हालसम्म कति बजेट खर्च भएको छ ? र श्रोत व्यवस्थापन कसरी गर्नु भएको छ ?
कोभिड १९ नियन्त्रणमा अहिलेसम्म खर्च भएको जम्मा अस्पताललाई दिएको सामग्री, ८ हजार बढीलाई दिएको राहत लगाएतमा २ करोड १४ लाख रुपैंया पैसा कमलामाई नगरपालिकाले खर्च गरेको छ । त्यो खर्च पनि विपत व्यवस्थापनका लागि छुट्याईएको बजेट, कर्मचारीको तलब काटेर हालिउको पैसा, जनप्रतिनिधिहरुको सेवा सुविधा कटौती गरेर हालिएको रकम, तालिम गोष्ठी र टिएडिएबाट कटौती गरेको रकम कोभिड १९ मा हालेर खर्च गरिएको छ । त्यस्तै विभिन्न संघसंस्थाले गरेको सहयोग समेत त्यहि कोषमा हालेर खर्च गरिएको छ ।
– कोभिड नियन्त्रणमा आगामी कार्य योजना के छ ?
सुरुमा हामी कोभिड १९ ले तरंगित भयौं तर यहि रोगलाई मुख्य आधार बनाई रहनु हुदैन । किनभने यसले अर्थतन्त्र धरापमा पर्ने भयो । त्यसैले लकडाउनलाई खुकुलो गरि हाम्रा विकास निर्माणका कामलाई गति दिन थाल्यौं । किनभने मजदुरहरुले काम गरेर खान पाउनुप¥यो । विकासका कामलाई अगाडि बढाएपछि राहत बाँड्ने हैन काम गरेर खान पाउने वातावरण बनायौं । दोस्रो कुरा जो बाहिरबाट आउनु भएको छ उहाँहरुलाई आफ्नो बाँझो रहेका जमिनलाई उब्जा बनाएर अगाडि बढ्नुस भन्यौं । तेस्रो अर्को कुरा कोभिड १९ को कारणले विभिन्न क्षेत्रहरु तहस नहस छन । अप्ठ्याराहरु छन । ति अप्ठ्याराहरुलाई मध्येनजर गर्दै आगामी दिनमा कोभिड १९ को कारणले यो गर्न पाईनौं त्यो गर्न पाइनौं भन्ने अवस्था नरहोस । अब भौतिक दुरी कायम गरेर हाम्रा गतिविधिहरु सञ्चालन गर्नुपर्छ र यहि रोगलाई आधार बनाएर हामीले पछाडि फर्किने हो भने हाम्रो विकासको गति पछाडि पर्छ । यसले गर्दा अब कमलामाई नगरपालिकाले बाहिरबाट आएका मान्छेलाई क्वारेन्टाईनमा राख्ने, पिसिआर चेक गर्ने र पोजेटिभ देखिए आइसोलेसन राख्ने र नेगेटिभ देखिए घरमा पठाउने योजनामा छ ।
– कोभिड १९ नियन्त्रणमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरोकारवालासँगको सहकार्य कस्तो छ ?
समन्वयको हकमा भएको छ । समन्वय भन्दा पनि आर्थिकको कुराले समस्या पारेको छ । प्रदेश र केन्द्रीय सरकारले त्यसको व्यवस्थापन गर्नुपर्छ । जस्तो कमलामाई नगरपालिकाको वडा नं ६ मा पचास वेडको आइसोलेसन बन्दै छ । जसमा प्रदेश सरकारले बनाउने आदेश दियो । आदेश आउनासाथ सर्वदलीय बैठक, विपदको बैठक बसेर निर्णय गरेका काम थालियो । कमलामाई नगरपालिकाले जग्गा उपलब्ध गरायो । डिटेल स्टमेट ग¥यो । बाग्मति प्रदेश सरकारले ९७ लाख रुपैंया दिएको छ । कमलामाई नगरपालिकाले ३ लाख नगद दियो । अन्य पानी, दमकल, जेसिवि, ड्रम ट्रकको व्यवस्थापन गरेको छ । जिल्लाका स्थानीय तहहरु, सामाजिक संघसंस्था, व्यवसायीहरु, नागरिकहरुको सहयोग रहेको छ । उक्त आइसोलेसन व्यवस्थापन लगाएतका काममा पनि कमलामाई नगरपालिका सहयोग गर्न तयार छ । यस्तै गरि समन्वय र सहकार्य तीनै तहका सरकार, नागरिक, संघसंस्था, स्वास्थ्य संस्थाहरु, सरकारी निकाय, सुरक्षा निकायबीच हुन आवश्यक छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

राष्ट्रिय बाल दिवस : बौद्धिक अपांगता भएका विद्यार्थीलाई सामग्री हस्तान्तरण

Next Post

आइसोलेसनको नब्बे प्रतिशत काम सम्पन्न, करिब एकासी लाख सहयोग संकलन

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied