सिन्धुली । जिल्लाका नौ वटा गौह्र सरकारी संस्थाहरुले आइसोलेसन भवन निर्माणका लागि सहयोग गरेका छन । गैह्र सरकारी संस्था महासंघको नेतृत्वमा रकम जम्मा गरि ८८ हजार ७ सय रकम हस्तान्तरण गरेका हुन ।

गैसस महासंघका पूर्व महासचिव मिलन श्रेष्ठले गैसस महासंघको तर्फबाट आइसोलेसन निर्माण समितिका संयोजक अशोक श्रेष्ठलाई रकम हस्तान्तरण गरेका हुन ।
यसैबीच सिन्धुलीमा निर्माणाधिन ५० बेडको आइसोलेसन भवन निर्माण कार्यको लागि इम्मानुएल कन्स्ट्रक्सन प्रालि, सिन्धुलीका प्रबन्ध निर्देशक छत्र बम्जनले २ सय बोरा ओपिसि सिमेन्ट सहयोग गरेका छन ।
यस्तै आइसोलेसन निर्माणका लागि राष्ट्रिय सभा सदस्य गोपी आछामीको पहलमा नगद तथा निर्माण सामग्री जुटेको छ । आछामीको पहलमा बासु बिडारी (बाबा मसला, काठमाडौ) ले पचास हजार, सत्यनारायण केयल (नारायणी स्टील उद्योग, विरगन्ज) ले एकसय बोरा ओपिसि सिमेन्ट, काठमान्डौ निवासी श्रीकृष्ण गोयन्काले एकसय पचास बोरा सिमेन्ट र नवराज श्रेष्ठ (प्रवन्ध निर्देशक, तुलसीभक्त कन्स्ट्रक्सन प्रालि) ले एक सय बोरा ओपिसि सिमेन्ट सहयोग गरेको श्रेष्ठले बताए ।




















