सिन्धुली । सिन्धुलीमा ५० वेडको आइसोलेसन निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ । शुक्रबार मात्रै सो आइसोलेसन भवन निर्माणका लागि १ लाख २७ हजार ७ सय ६६ रुपैंया नगद सहित निर्माण सामग्री समेत सहयोग जुटेको आइसोलेसन भवन निर्माण उपभोक्ता समितिका संयोजक अशोक श्रेष्ठले बताएका छन ।
उनका अनुसार सिन्धु बचत तथा ऋण सहकारी संस्था लि. सिन्धुलीले ५५ हजार ५ सय ५५, नेपाल निजामती कर्मचारी संगठन सिन्धुली र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था सिन्धुलीले ५१ हजार १ सय ११, तिलकुमारी बस्नेत स्मृति सामाजिक प्रतिष्ठान सिन्धुलीले ११ हजार १ सय, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.बोहोरेटार सिन्धुलीले १० हजार रुपैया नगद सहयोग गरेका छन ।
यस्तै निरज के.सी सातधारा सप्लायर्सले १० बोरा सिमेन्ट, क.न.पा.१० वडा अध्यक्ष रामहरी ढुङ्गेलको समन्वयमा उद्धव भुजेल, सोम प्रसाद भट्टराई, अशोक कार्की, दिपक परियार, सरोज घिमिरे, रामु कार्की, कमल राउत र काजी कार्की बाट ८ ट्याक्टर ढुङ्गा सहयोग प्राप्त भएको उनले बताए ।
सिन्धुली युवा ब्यवसायी क्लबले दैनिक १० जार पानी निर्माण स्थलमा उपलब्ध गराउँदै आएको श्रेष्ठले बताए ।






















