सिन्धुली । नेपालभरमा ७१ जना सञ्चारकर्मी तथा पत्रकारहरु कोरोना संक्रमित भएका छन । कोभिड १९ को जोखिम मोलेर अग्रपंक्तिमा सूचना प्रवाहको काम गरिरहेका पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती जारी गरि देशभरमा ७१ जना पत्रकार संक्रमित भएको र कोरोना भाईरसका कारण सञ्चार क्षेत्र प्रभावित बनेको जनाएका छन । उनले प्रदेश १ मा १३ जना, प्रदेश २ मा २७ जना, वाग्मति प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश नं. ५ मा ११ जना र कर्णाली प्रदेशमा १ जना पत्रकार संक्रमित भएको जनाएका छन ।
महासंघले जनाए अनुसार सबैभन्दा बढी पर्सामा १३ जना पत्रकार संक्रमित भएका छन भने मोरङमा १२ जना संक्रमित भएका छन ।
महासंघले विशेष गरि फिल्डमा खटिने पत्रकारहरुका लागि निःशुल्क पिसिआर परिक्षणको व्यवस्थाका साथै उपचारको उचित व्यवस्थापन गर्न सरकारसँग माग समेत गरेको छ ।
यस्तै महासंघले कोभिडको संक्रमणको उच्च जोखिम रहेकाले सुरक्षाका उपायहरु अबलम्बन गरि काम गर्न समेत पत्रकारहरुलाई आग्रह गरेको छ ।





















