सिन्धुली । नेपालमा २४ घण्टामा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या थपिएसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाभित्र संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
गौतमले दिएको जानकारी अनुसार देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि १४ पुगेको छ भने ४ सय ८८ जना निको भएर घर फर्केका छन ।
पछिल्लो पटकस्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।




















