सिन्धुली । जिल्लाका विभिन्न पालिकामा भारतबाट आएर क्वारेन्टाईनमा बसेका १२ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको छ । उनीहरुको स्वाव संकलन गरि प्रादेशिक प्रयोगशाला हेटौडा र धुलिखेल अस्पतालमा परिक्षणका लागि पठाईएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
हरिहरपुरगढीका ५ जनाको परिक्षणका लागि हेटौडा र गोलञ्जोरका ६ जनाको स्वाव परिक्षणका लागि धुलिखेल अस्पताल पठाईएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाले बताए । उनका अनुसार फिक्कलको १ जनाको भोली परिक्षणका लागि धुलिखेल अस्पताल पठाईने छ ।
उनीहरुको परिक्षणको रिपोर्ट भने आउन बाँकी रहेको शाहले बताएका छन । स्वाव संकलन गरिएका सबै भारतबाट आएका नागरिक हुन ।
यस्तै सिन्धुलीमा थप ४ जनाको आरडिटी परिक्षण गरिएको छ । परिक्षण गरिएका सबैको एन्टीवडि रिपोर्ट नेगेटिभ आएको शाहले जानकारी दिए । उनीहरु सहित जिल्लामा आरडिटी परिक्षण गर्नेको संख्या एक हजार एक सय ६ जना पुगेको छ ।




















