सिन्धुली । कोभिड १९ को जोखिम बढेपछि रोकिएको दादुरा रुवेला खोप जिल्लाका ४ वटै स्थानीय तहमा स्थानीय तहमा २०७७ शुक्रबारबाट सुरु गरिएको छ ।
लकडाउनका कारण चैत महिनामा दोस्रो चरणका खोप रोकिएका थिए । खोप रोकिएका जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका बालबालिकाहरुलाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
ती स्थानीय तहमा जेठ ९ गते देखि जेठ १७ गतेसम्म खोप लगाउनले तालिका तयार गरि खोप सुरु गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक, शारीरिक दुरी कायम गरि सुरक्षित तरिकाले खोप सञ्चालन गर्न निर्देशन दिए पछि रोकिएका खोप सुरु भएको शाहले बताए । उनका अनुसार सिन्धुलीका ४ स्थानीय तहमा ९ महिनादेखि माथि र ५ वर्ष मुनीका १६ हजार ९०४ जना बालबालिकालाई खोप लगाईदै छ ।
२ सय ९७ खोप केन्द्रमा २ सय ९७ जना खोप दिने स्वास्थ्यकर्मी र ५ सय ९४ जना स्वयम्सेवक परिचालन गरि खोप अभियान सुरु गरिएको शाहले जानकारी दिए ।




















