सिन्धुली । सिन्धुली जिल्लामा हालसम्म आरडिटी विधिबाट ९ सय १० जनाको एन्टीवडि जाँच गरिएको छ । जसमा २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।
एन्टीवडि पोजेटिभ आएका २७ जनाको आरटिपिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । आरडिटी परिक्षणमा एन्टीवडि पोजेटिभ आएका २ जनाको मात्र पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
ती २ जना र काठमान्डौमा कोरोना संक्रमण देखिएकी युवतिका परिवारका ९ जना गरि हालसम्म ११ जनाको रिपोर्ट आउन बाँकी रहेको शाहले बताए । उनले सिन्धुलीका विभिन्न क्वारेन्टाईनमा हाल १ सय ६७ जना रहेको पनि जानकारी दिए ।




















