सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. १ ले वडाका किसानहरुलाई ७० प्रतिशत अनुदानमा धानको विउ वितरण गरेको छ । तिनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने निर्णय गरेको भए पनि वडाले २० प्रतिशत अनुदान थपि ७० प्रतिशत अनुदानमा धानको विउ उपलब्ध गराएको हो ।
वडाले २ सय २५ जना किसानलाई उक्त विउ वितरण गरेको वडा अध्यक्ष गोविन्द राउतले बताए । उनका अनुसार ३० किलोको विउका २ सय ५० बोरा धानको विउ किसानलाई वितरण गरिएको हो ।
कोरोना भाइरसका कारण वडामा खाद्य संकट हुन नदिने पूर्व तयारी अनुरुप उन्नत जातको धानको विउमा अनुदान दिईएको राउतले बताए । किसानले आवश्यक मात्रामा धानको विउ खरिद गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै वडामा रहेका विपन्न किसानहरुलाई धानको विउ उपलब्ध गराईएको हो ।





















